२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोनाविरुद्धको खोप लगाइँदै, बागमती प्रदेशमा २ लाख बढी बालबालिकालाई

आइतवार , पौष ४, २०७८

काठमाडौं, पुस । ;बागमती प्रदेशमा २ लाख बढि बालबालिकालाई कोरोना विरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइने भएको हो ।प्रदेशका ११९ वटा स्थानीय तहहरूलाई २ लाख ७ हजार ३ सय ८० डोज खोप उपलव्ध गराइएको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेशका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा आइतबारबाट खोप अभियान शुरू हुनेछ । यी जिल्लाका विद्यालयमा पुगेर स्वास्थ्यकर्मीले खोप अभियान संचालन गर्ने छन् । खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न बागमती प्रदेशका सबै स्वास्थ्य इकाइहरुलाई स्पष्ट निर्देशन दिइएको बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले जानकारी दिए ।उनका अनुसार खोप अभियान संचालन हुने जिल्लाका स्वास्थ्य इकाईहरूले स्थानीय तह र विद्यालयहरूसँग समन्वय गरि लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने वातावरण बनाइने छ । खोप अभियानलाई प्रभावकारी एवं व्यवस्थित ढंगले सम्पन्न गर्न सबै क्षेत्रको सहकार्य आवश्यक भएकाले आफ्नो क्षेत्रका लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप सुनिश्चित गर्न उनले अपिल समेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार