काठमाडौँ, मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा २४२ जना कोरोना संक्रमित भएका छन् । ६ हजार २६८ जनामा पीसीआर परीक्षण गर्दा २४२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ।
यस्तै २ हजार ४१४ जनामा एन्टीजेन परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको छ योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणअनुसार कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार २२२ पुगेको छ।
एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा हालसम्म ९ लाख ५ हजार ७८२ पुगेको छ। २४ घण्टामा २३४ जना संक्रमणमुक्त भएका छन् । नेपाल कोरोना निको हुने दर ९७.९ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
आइतबार १ जना मृतक थपिएका छन्। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ । २४ घण्टामा ६९ हजार ५८० जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।