२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेस १४ औं महाधिवेशन उद्घाटन

सभापति देउवाले भने : " स्थानीयदेखि  केन्द्रसम्म कांग्रेस सरकार हुन्छ " 

' महाधिवेशनले डर त्रासबाट मुक्त समाज निर्माणको निर्णय गर्ने , आफू निर्वाचित भए डरत्रासमुक्त शासन '

शुक्रवार , मंसिर २४, २०७८

काठमाडौँ, मंसिर ।  कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनले डर त्रासबाट मुक्त समाज निर्माणको निर्णय गर्ने बताएका छन् । १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा देउवाले महाधिवेशनबाट आफू निर्वाचित भए डरत्रासमुक्त शासन ल्याएरै छाड्ने बताए ।
‘साथीहरू तपाईँहरूलाई थाहै छ, हाम्रो देशभर कस्तो अवस्था थियो, सारा साथीहरू डराउनुपर्ने अवस्था थियो । डरत्रासको अवस्था थियो । जुन दिन मेरो सरकार बन्यो म प्रधानमन्त्री भएको भोलिपल्ट नै सबै मान्छेले मुक्ति पाएको अवस्था भयो,’ देउवाले भने, ‘त्यस्तो अवस्थाबाट जो मुक्ति पाएका छौं, त्यसलाई बचाउने हो कि होइन ? त्यसका लागि यो महाधिवेशनले तयार गर्छ । यो महाधिवेशनले डरत्रासबाट मुक्त समाज निर्माण गर्ने कि नगर्ने भन्ने निर्धारण गर्नुपर्छ,’ देउवाले भनेका थिए ।
प्रधानमन्त्री देउवाले महाधिवेशनले त्यस्तो निर्णय गरेको अवस्थामा गाउँदेखि केन्द्रसम्म कांग्रेसको सरकार निर्माणको जिम्मा आफूले लिने बताए । ‘महाधिवेशनले त्यो निर्णय गर्न सक्नुपर्छ । त्यो निर्णय गरेको खण्डमा गाउँदेखि कैन्द्रसम्मै कांग्रेसको सरकार हुन्छ, त्यो मेरो जिम्मा भयो,’ देउवाले भने ।

सभापति देउवाले उद्घाटन सत्रको समापन गर्दै मञ्चबाटै भोट समेत मागेका छन् । ‘मलाई एकपटक जिताइदिनुस्,’ देउवाले भने ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार