२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाल र बंगलादेश एकै समूहमा यु-१९ क्रिकेट

बिहिवार , मंसिर २३, २०७८

काठमाडौँ, मंसिर । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने यु(१९ एसिया कपमा नेपाल सहज समूहमा परेको छ । एसियन क्रिकेट काउन्सिलले आयोजना गर्ने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित बंगलादेश, श्रीलंका र कुवेत छन् । 
समूह ‘ए’ भने भने बलिया भारत, पाकिस्तान, अफगानिस्तान र आयोजक राष्ट्र युएई छन् ।  

प्रतियोगिता ८ देखि १७ पुससम्म हुनेछ ।  समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । नेपालले ८ पुसमा पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दा ११ पुसमा दोस्रो खेलमा श्रीलंकाको सामना गर्नेछ । यस्तै १३ पुसमा कुवेतसँग खेल्ने तालिका छ । प्रतियोगिताको लागि नेपाली टोलीले तयारी तीब्र बढाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार