२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना अपडेट: देशभर थप ३१६ जनामा संक्रमण

बुधवार , मंसिर १५, २०७८

काठमाडौ, मङ्सिर ।पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । सोही अवधिमा २५९ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ जना रहेका छन् ।पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनामा कोरोना परीक्षण भएको थियो ।

हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २१ हजार ६५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ५२९ जना रहेका छन् । मध्ये हालसम्म ८ लाख ३१ हजार ६८ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ५२९ जना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार