२०८३, आश्विन ४ गते

आइतवार, आश्विन ४ गते २०८३

मङ्गलसेन  : 'श्रीमान श्रीमतिको मृत्यु एउटै भीरबाट लडेर' 

शनिवार , मंसिर ११, २०७८


मङ्गलसेन, मङ्सिर  । घाँस काट्न गएको बेला लडेर रामारोशनमा एक पुरुषको सोमबार ज्यान गएको छ ।  रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय वल विकको ज्यान गएको वडा अध्यक्ष लक्ष्मण परियारले जानकारी दिएका छन  । 
स्थानीय सानटुक्रा भन्ने भीरमा घाँस काट्न गएको बेलामा अन्दाजी एकसय मिटर तल खसेर ज्यान गएको बताइएको छ ।  केही वर्षअघि सोही भीरमा मृतककी श्रीमतीको ज्यान गएको स्थानीयको भनाइ छ । 
मृतकका श्रीमती तीन छोराछारी रहेको बताइएको छ । असहज स्थानमा घाँस काट्न गएर लडेर मृत्यु हुने समस्या अछाममा रहेको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार