२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

यू १९ क्रिकेट प्रतियोगिता : पाण्डेको कप्तानीमा गण्डकीको टोली घोषणा

मंगलवार , मंसिर ७, २०७८

काठमाडौँ, मंसिर । गण्डकी प्रादेशिक क्रिकेट सङ्घले काठमाडौँमा आयोजना हुने वाईवाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ । गत कात्तिक २९ देखि मङ्सिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष देवेन्द्र प्रजुका अनुसुार १४ नियमित र चार वैकल्पिक खेलाडी छनोट गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ ।

छनोट भएका अन्य खेलाडीमा अर्जुन कुमाल, किरण पौडेल, दीपक डुम्रे, कमल परियार, सुदीप अर्याल, मिलन छेत्री, सुजन गौतम, सन्देश सुनार, सचिनराज अधिकारी, अभिषेक थापा, उत्सव श्रेष्ठ र प्रशान्त सिंह रहनुभएको छ । वैकल्पिक खेलाडीमा सन्दीप खत्री, स्वीकार श्रेष्ठ, विपीनराज न्यौपाने र समिर कँडेल हुनुहुन्छ ।

टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापक दिवाकर थापा रहनुभएको छ । उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेटका लागि खेलाडी छनोट गर्न पोखरामा आयोजना गरिएको प्रतियोगितामा कास्की, तनहुँ, स्याङ्जा र नवलपुरका खेलाडी सहभागी थिए । उन्नाइस वर्षमुनिको पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि राजधानी काठमाडौँमा सुरु हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार