२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ए डिभिजन लिग फुटबल : मछिन्द्र क्लब विजयी

सोमवार , मंसिर ६, २०७८

काठमाडौँ, मङ्सिर । साविक विजेता मछिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा न्युरोड टिम एनआरटीलाई २ -१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो । मछिन्द्रका लागि सुनिल बलले दुई गोल गर्नुभयो ।

एनआरटीका लागि एरिक विष्टले सान्त्वना गोल गर्नुभयो । खेलको पहिलो हाफको १२औँ मिनेटमा बलले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाउनुभयो । विशाल राईको पासमा उहाँले गोल गर्नुभयो ।

त्यस्तै खेलको ५४औँ मिनेटमा एरिक विष्टले फ्री किक प्रहार गर्दै गोल गर्नुभयो । देवेन्द्र तामाङले स्टेफेन समिरलाई फउल गरेपछि एनआरटीले फ्री किकको अवसर पाएको थियो ।  एरिकले त्यसको सदुपयोग गर्दै गोल गर्नुभयो ।

खेलको ८० औँ मिनेटमा सुनिलले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई २–१ ले जित दिलाउनुभयो । जितसँगै मछिन्द्रले पहिलो खेलमा ३ अङ्क जोडेको छ । सो खेलको म्यान अफ दी म्याच मछिन्द्रका सुनिल बल घोषित हुनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार