२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपालगञ्ज : 'कोराना सङ्क्रमण , अहिलेसम्म ७७३ जनाको मृत्यु' 

सोमवार , मंसिर ६, २०७८


नेपालगञ्ज, मङ्सिर  । गत दुई वर्षदेखि कोरोना सङ्क्रमणका कारण बाँके जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा ७७३ जनाको मृत्यु भएको छ । 
तीमध्ये महिला २८६ र पुरुष ४८८ जना रहेको जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेले जनाएको छ । 
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार नेपालगञ्ज र कोहलपुरका अस्पतालमा मृत्यु हने ७७३ जनामध्ये ३४१ जना बाँके र बाँकी अन्य जिल्लाका थिए । 
कोराना संक्रमितको उपचार नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा गरिएको थियो । हाल आएर भेरी अस्पतालमा मात्रै कोरोना सङ्क्रमितको उपचार हुने गरेको छ । 
जिल्ला कोभिड व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार बाँकेको भेरी अस्पताल र अन्य विभिन्न अस्पतालमा दुई वर्षको अवधीमा एकलाख सर्वसाधारणको पीसीआरमार्फत कोरोना परीक्षण गरिएकोमा १८ हजार ४४२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कारोना सङ्क्रमणको दोस्रो लहरमा भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा सबैभन्दा धेरैको मृत्यु भएको थियो । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार