२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

ललितपुर महानगर : 'आज र भाेलि भेराेसेल खोपकाे दोस्रो मात्रा लगाइँदै'

बिहिवार , मंसिर २, २०७८


काठमाडौँ, मंसिर ।  ललितपुर महानगरपालिकामा आज र भोलि दुई दिन भेराेसेल खोपको दोस्रो मात्रा लगाइँदै छ । खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ ।

 

 

खोप लगाउन जाँदा अनिवार्य रुपमा पहिलो मात्रा खोप लगाएको कार्ड समेत साथमा लिएर जानुपर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म खोप लगाइनेछ । आज लगाउन छुटेका व्यक्तिले भोलि समेत खोप लगाउन पाउनेछन् । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार