२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रामेछाप : 'आधाले पाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप' 

मंगलवार , कार्तिक ३०, २०७८


रामेछाप, कात्तिक । जिल्लाका ६० हजार ६४३ जना नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । तीमध्ये पाँच हजार ५७६ जनाले पहिलो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 
जिल्लामा १८ वर्षभन्दा माथिका एक लाख ३७ हजारभन्दा बढी नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको भए पनि अहिलेसम्म ६० हजार ६४३ जना नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले बताए । 
जिल्लाका १८ वर्षभन्दा माथि उमेर समूहका ४८.३३ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्, कुल लक्ष्यको तुलनामा ७० हजार ७८१ जना अर्थात् ५१.६७ प्रतिशत नागरिकले कोरोनाविरुद्धको कुनै पनि मात्रा खोप लगाएका छैनन्, जनस्वास्थ्य अधिकृत थापाले भने । 
जिल्लामा गत वैशाखदेखि हालसम्मको अवधिमा तीन हजार १७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा अहिले दुई जना मात्रै सक्रिय सङ्क्रमित छन् । यो अवधिमा कोरोना सङ्क्रमणबाट जिल्लाका २३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । 
जिल्लामा कोरोना सङ्क्रमितको उपचार तथा व्यवस्थापनका लागि जिल्लाका विभिन्न पालिकामा ६० बेड क्वारेन्टाइन र १६८ बेड आइसोलेसन बनाइएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार