२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टा:थप ४१६मा सङ्क्रमण पुष्टि,१ को मृत्युु

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं, कात्तिक । २४ घण्टामा १२ हजार ४०२ जनामा नमुना परीक्षण गर्दा ४१६ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । सोही अवधिमा २७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जानकारी दिए ।

२४ घण्टाको अवधिमा १ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या सोमबारसम्म ११ हजार ४४८ पुगेको छ । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ३३३ जनामा कोरोना संक्रमण भएको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १३६ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म कुल संक्रमितमध्ये७ लाख ९८ हजार ५४४ जना निको भएका छन् ।हाल देशभर ७ हजार ३११ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार