२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टामा :थप ३९० कोरोना संक्रमित,५ को मृत्यु

सोमवार , कार्तिक २२, २०७८

काठमाडौं, कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ५०२६ जनामा कोरोनाभाइरस परीक्षण गर्दा ३९० जनामा संक्रमण भएको छ । सोही अवधिमा ४२५ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर पीसीआर विधिबाट भएको परीक्षणमा कोरोना संक्रमितको कुल संख्या ८ लाख १४ हजार ९२९ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ८३६ जनामा भएको छ । हालसम्म संक्रमण निको हुनेको कुल संख्या ७ लाख ९५ हजार ८२२ जना पुगेको छ । यसैबीच पछिल्लो घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । यससँगै देशभर २४ कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ४५३ पुगेको छ ।देशभर कोरोनाका सक्रिय संक्रमित ७ हजार ६५४ जना रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार