२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

टी २० विश्वकप : 'अफगानिस्तानमाथि ८ विकेटको जित, न्युजिल्याण्ड सेमिफाइनलमा'

आइतवार , कार्तिक २१, २०७८

काठमाडौं, कात्तिक। अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्युजिल्याण्ड टी २० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारत भने एक खेल बाँकी छँदै बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्याण्डले १८.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । 

न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८ र डार्यल मिचेलले १७ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनाएको थियो । उसको सुरुवात खराब रह्यो । ओपनर मोहम्मद शाहजाद २ र हजरातुल्लाह जजई मात्र ४ रनमा आउट भए ।

तेस्रो विकेटका रुपमा रहमानुल्लाह गुरबाजी ६ रनमा आउट हुँदा अफगानिस्तानको स्कोर मात्र १९ रन थियो । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका नजीबुल्लाह जदरानले आक्रामक पारी खेले । चौथो विकेटका लागि गुलाबुद्धिन नाबीसँग ३७ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि मोहम्मद नाबीसँग ५९ रनको साझेदारी गरे ।

गुलाबुद्धिन नाबी १५ र मोहम्मद नाबी १४ रनमा आउट भए । छैटौं विकेटका रुपमा आउट भएका जदरानले ७३ रन बनाए । ४८ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हानेका थिए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर ३ तथा टिम साउथीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । एडम मिल्न, जेम्स निशाम र इश सोधीले समान एक विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार