२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्ला २४ घण्टामा: थप ५६३ जना सङ्क्रमित,९ को मृत्यु

आइतवार , कार्तिक २१, २०७८

काठमाडौं, कात्तिक। देशभर १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । २ हजार ३३३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४१ र एन्टिजेन विधिबाट २ जनामा सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ७ हजार ७१३ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

पछिल्ला २४ घण्टामा थप ५६३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९५ हजार ३९७ जना सङ्क्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७।७ प्रतिशत रहेको छ । यही अवधिमा थप ९ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४४८ रहेको छ ।

१ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ । कम्तीमा पहिलो मात्रा लगाउनेमा ८७ लाख ३६ हजार ५३२ जना रहेका छन् भने पूर्ण मात्रा खोप लगाउनेमा ७४ लाख ३४ हजार ७९७ जना रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार