काठमाडौँ, कात्तिक । देशभर १३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार ९३२ को नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२८ र एन्टिजेन विधिबाट ११ मा सङ्क्रमण भएको हो । हाल देशभर ८ हजार १४४ सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्ला २४ घण्टामा थप ३९६ सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ९४ हजार ८३४ सङ्क्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.६ प्रतिशत रहेको छ ।
यही अवधिमा थप १ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने सङ्ख्या ११ हजार ४३९ रहेको छ ।
देशभर थप १ हजार ९८५ ले खोप लगाएका छन् । खोप अभियान सुरु भएदेखि अहिलेसम्म कूल १ करोड ६१ लाख ७१ हजार ३२९ मात्रा खोप लगाइसकिएको छ ।
कम्तीमा पहिलो मात्रा लगाउनेमा ८७ लाख ३६ हजार ५३२ रहेका छन् भने पूर्ण मात्रा खोप लगाउनेमा ७४ लाख ३४ हजार ७९७ जना रहको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।