काठमाडौं, कात्तिक ।पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।२ हजार ३०७ को पीसीआर परीक्षण गर्दा १७४ र २ हजार ५३७ को एन्टिजेन परीक्षण गर्दा नौजना गरी १८३ मा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ को मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ४ हजार ८०४ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४३८ पुगेको छ भने सात लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ४१३ रहेका छन् । जसमध्ये ७ हजार ७६३ होम आइसोलेसनमा रहेका छन् भने ६५० संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २०० आईसीयू र ५५ भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका २ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १२ जना कोरोना संक्रमित थपिएका छन् ।