२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रदेश १ सरकार : 'मुख्यमन्त्रीमा राईको दावी, ४९ सांसदको हस्ताक्षर'  

सोमवार , कार्तिक १५, २०७८


विराटनगर, कात्तिक । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नयाँ सरकार गठनका लागि आव्हान गरे लगतै विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेको छ । 
प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय दिए पनि विपक्षी गठबन्धनले सोमबारनै ४९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दावी पेश गरेको हो । 
नयाँ सरकार बनाउन नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १४, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोक्तान्त्रिक राष्ट्रिय मञ्चका एक जना गरी ४९ सांसदले हस्ताक्षर गरेका छन । नेकपा माओवादी केन्द्रबाट निर्वाचित उपसभामुख सरस्वती पोखरेल मातृशोकमा काठमाडौमा रहेकाले उनको हस्ताक्षर भने विपक्षी गठबन्धनले सामेल नगरेको बताइएको छ । 
मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभए पनि संसदको अंकगणित अनुकुल नभएको भन्दै पदबाट राजीनामा दिएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार