२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सुदूरपश्चिम प्रदेश  : 'एकीकृत समाजवादी : सरकारको नेतृत्व हाम्रो दलले पाउनुपर्छ'

सोमवार , कार्तिक १५, २०७८


धनगढी, कात्तिक  । नेकपा (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश कमिटीले सरकारको नेतृत्व आफ्नो दलले पाउनुपर्ने माग राखेको छ ।  सोमबार नेकपा एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रदेश इन्चार्ज गरिमा शाहले हामीले प्रदेश सरकारको नेतृत्व मागेका छौ तर निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई भएको बताएका छन । 
प्रदेशमा आफ्नो दल नै सबैभन्दा ठूलो रहेकाले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग हाम्रो हो केन्द्रीय सचिव समेत रहेकी नेतृ शाहले बताएकी छन  । सुदूरपश्चिममा नेकपा माओवादी नेतृत्वमा समाजबादी सहितको सरकार छ । 
पत्रकार सम्मेलनमा कमिटीका पदाधिकारीको कार्य विभाजनसमेत गरेको जानकारी दिइएको थियो । इन्चार्ज शाहका अनुसार शेरबहादुर कुँवरलाई संगठन विभाग प्रमुख, हर्कबहादुर सिंहलाई पार्टी स्कुल विभाग प्रमुख, दिनेशचन्द्र सुवेदीलाई प्रदेश कार्यालय व्यवस्थापन प्रमुख, दीर्घ सोडारीलाई कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुख, तारा लामा तामाङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख र माया भट्टलाई महिला फाँट प्रमुखको जिम्मेवारी दिइएको छ ।
सो पार्टीले १५१ सदस्यीय प्रदेश कमिटी बनाएको बताउदै प्रदेशमा तीन महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको उपाध्यक्ष शेरबहादुर कुँवरले बताउनुभयो ।
उहाँका अनुसार मङ्सिर ३ गते धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेला आयोजना गर्ने निर्णय हालै बसेको प्रदेश कमिटीको बैठकले गरेको छ ।  पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा कात्तिक २० गतेभित्र जिल््ला कमिटी र कात्तिक मसान्तसम्म नगर तथा गाउँ कमिटीको गठन पुनर्गठन र विस्तार गरिसक्ने बताइएको छ । 
विज्ञप्तीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय पक्षले अनावश्यकरुपम सिर्जना गरेको विवाद उच्च तहको कुटनीतिक पहलबाट राष्ट्रहितमा हुने गरेर समाधान गर्न सरकारसँग माग गरिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार