२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

बागमती प्रदेश : 'मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने '

सोमवार , कार्तिक १५, २०७८

 

हेटौँडा, कात्तिक  । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिनु हुनेभएको छ । मुख्यमन्त्री पाण्डेले कात्तिकको अन्तिम साताभित्रमा विश्वासको मत लिने गरी तयारी  थालेका छन । 
प्रदेश सभाबाट विश्वासको मत लिन मुख्यमन्त्री पाण्डेले प्रदेश सभाको सचिवालयले विश्वासको मत लिनेसम्बन्धमा लिखित रुपमा जानकारी दिएका छन ।  प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले मुख्यमन्त्री कार्यालयबाट विश्वासको मत लिने प्रयोजनका लागि पत्र आएको जानकारी दिँदै विश्वासको मत लिने मिति भने पत्रमा उल्लेख नभएको बताएका छन । 
मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने गरी तयारी गरेको जानकारी दिएका छन ।  उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसहित गठबन्धनका दलहरु सहभागी सरकारको आगामी साझा कार्यक्रम सार्वजनिक गर्ने बताए । 
गठबन्धन दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालको सहमतिमा पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  हाल मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल रहेको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था अनुसार पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । संविधान अनुसार मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने छ ।
हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ । गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएको नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका थिए । 
प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, काँग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य रहेको छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार