२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रदेश १ सरकार 

बिपक्षी गठबन्धन : 'मुख्यमन्त्रीलाइ विश्‍वासको मत दिदैनौ, बहुमत छ हामीसँग '

सत्तारुठ गठबन्धन : सरकार बनाउन पहल गर्ने, एकीकृत समाजबादीका राजेन्द्र राई संभावित मुख्यमन्त्री

आइतवार , कार्तिक १४, २०७८


मोरङ, कात्तिक ।  प्रदेश १ का सत्तारुढ गठबन्धनका नेताहरुको आज बैठक बसेको छ ।  आजको सो  पाँचलीय गठबन्धनको बैठकले  मुख्यमन्त्री भीमप्रसाद आचार्यबिरुद्ध उत्रिने भएको छ । 
आजको बिपक्षी गठबन्धनको बैठकले प्रदेशसभामा पेस गरेको विश्वासको प्रस्तावविरुद्ध मतदान गर्ने  निर्णय गरेको छ ।  गठबन्धन दलको आइतबारको बैठकले मुख्यमन्त्री आचार्यको प्रस्तावविरुद्ध मतदान गर्ने निर्णय गरेको हो। 
सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले राखेको विश्वास मतको प्रस्तावको विपक्षमा गठबन्धनका सबै प्रदेश सांसद्‍ले मतदान गर्ने र दलीय गठबन्धनको संस्कारलाई अझै मजबुत बनाएर अघि बढ्ने दुई बुँदे निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जनाएका छन  ।
आलोपालो नेतृत्वको विषयमा पार्टीभित्र संघर्ष गरिरहेको र अहिले तत्काल केन्द्रीय गठबन्धनले गरेको निर्णयअनुसार नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा सरकार गठन गर्ने तयारी रहेको कार्कीले बताए ।

सत्तारुढ गठबन्धनले वाग्मती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) र कांग्रेसले आधा–आधा कार्यकाल बाँड्ने सहमति गर्ने तर कांग्रेसको आधार क्षेत्र प्रदेश १ मा सिंगो कार्यकाल एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय मान्य नहुने भन्दै कांग्रेसले कात्तिक ७ गतेको प्रदेशसभा बैठक स्थगित गराएको थियो ।

यस्तै कांग्रेस पार्टीभित्रको राजनीतिक अन्तरविरोधले प्रदेश १ सभाको बैठक कात्तिक ७ गते सूचना टाँसेर १५ गतेसम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगितका लागि निवदेन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ गते सोमबार दिउँसो १२ः ३० बजेसम्मका लागि सदन स्थगित गरेको हो ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभा बैठकमा कात्तिक ५ गते विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा १५ गते टुंग्याउने कार्यसूची तय गरिएको छ । यदी मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्थाविपरीत ४३ औं दिनमा कात्तिक ५ गते सदनमा प्रस्ताव पेस गरेका थिए ।

एमालेका १० जना प्रदेश सांसद् नेकपा ९एस०मा लागेपछि एकल बहुमतमा रहेको एमाले विभाजित भई मुख्यमन्त्री आचार्य अल्पमतमा परेका हुन् । मुख्यमन्त्री आचार्यविरुद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एस०, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गठबन्धन बनाएका छन् ।

९२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त गर्न कम्तीमा ४६ सांसद् संख्या आवश्यक हुन्छ । 
सभामुखसहित एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १र१ जना प्रदेश सांसद् छन् ।
एमालेका प्रदेश सांसद् गुलेफुन खातुन भने उच्च अदालत विराटनगरले किर्ते कागज मुद्दामा दोषी ठहर गरेपछि फरार छन् ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार