२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

२४ घण्टामा:६७२ कोरोना सङ्क्रमित,८ जनाको निधन

बुधवार , कार्तिक १०, २०७८

काठमाडौँ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६७२ मा सङ्क्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ४९५ मा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमणभएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३७५ रहेका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा ४९५ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८९ हजार १२५ रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।३ प्रतिशत रहेको छ ।

आज कोरोना सङ्क्रमणबाट आठ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३८० को निधन भएको छ । त्यस्तै पछिल्लो समय ७७ हजार २०७ ले खोप लगाएका छन् । हाल मृत्युदर एक दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार