२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आजदेखि काठमाडौंमा अष्ट्राजेनेका खोप, ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने

मंगलवार , कार्तिक ९, २०७८

काठमाडौँ, कात्तिक।काठमाडौंमा आजदेखि कोरोनाविरूद्ध अष्ट्राजेनेका खोप लगाइने भएको छ। पहिलो मात्रा अष्ट्राजेनेका खोप लगाइसकेकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो।

आज काठमाडौंका विभिन्न अस्पताल र बुधबार काठमाडौं महानगरका ३२ वटै वडामा रहेका खोप केन्द्रबाट खोप लगाइने काठमाडौं महानगरले जानकारी दिएको छ। वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालबाट खोप लगाउन सकिन्छ।खोप लगाउन पहिलो मात्राको खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा आउनसमेत महानगरले आग्रह गरेको छ।

 

KMC2.jpg

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार