२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मैत्रीपूर्ण फुटबल खेल : नेपाल इन्डोनेसियासँग पराजित

शनिवार , कार्तिक ६, २०७८

काठमाडौं, कात्तिक । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम मैत्रीपूर्ण खेलमा इन्डोनेसियाको यू-२३ राष्ट्रिय टिमसँग २-० ले परनजित भएको छ ।

एएफसी यू-२३ एसियन कप छनोटका लागि ताजिकिस्तान भ्रमण रहेको नेपालले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो ।

एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो । छनोटमा समूह बी मा रहेको नेपालले इरान, ताजिकिस्तान र लेवनानसँग खेल्नेछ ।

नेपालले पहिलो खेल आगामी सोमबार अक्टोबर २५ मा इरानसँग खेल्नेछ । मुख्य प्रशिक्षक बालगोपाल महर्जनले राष्ट्रिय टिमका ६ खेलाडीलाई समावेश गर्दै २३ सदस्यीय टोली तयार पारेका छन् ।

त्यसबाहेक राष्ट्रिय टिमबाट खेलिसकेका अरु पाँच खेलाडी पनि टिममा छन् । टिममा राष्ट्रिय टिमको अनुभव भइसकेका करिब आधा खेलाडी रहेकोले पनि यस पटक छनोटमा नेपालले राम्रो गर्ने आशा प्रशिक्षकले राखेका छन् ।

छनोटमा कुल ११ समूह छ । त्यसमा हरेक समूहको शीर्ष टोली एएफसी यू-२३ एसियन कपमा छनोट हुनेछन् ।

यस्तै दोस्रो हुनेमध्ये उत्कृष्ट चार टोली पनि यू-२३ एसियन कपमा छनोट हुनेछन् । आयोजक उज्वेकिस्तान भने यसअघि नै छनोट भइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार