२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पछिल्लो २४ घण्टामा:६६२ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

बुधवार , कार्तिक ३, २०७८

काठमाडौं, कात्तिक । पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी ६६२ जनामा संक्रमण भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

 कोरोना भाइरस संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १९५, ललितपुरमा ३५ र भक्तपुरमा २३ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार