२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरोना अपडेट

नेपालमा सङ्क्रमण : 'मुक्त हुने दर ९७ प्रतिशत पुग्यो '

शनिवार , आश्विन ३०, २०७८

काठमाडौं, असोज । नेपालमा थप १४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७७३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १३६ तथा एन्टिजेन विधिबाट ११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा धेरै काठमाडौँमा ६३ जना, ललितपुरमा २० र भक्तपुरमा ७ जना रहेका छन् । यही अवधिमा ८४५ जना सङ्क्रमणमुक्त भएका छन् ।

नेपालमा कूल सङ्क्रमितमध्ये ७ लाख ८० हजार ७७६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.०३ प्रतिशत रहेको छ । यही अवधिमा थप १ जनाले ज्यान गुमाएका छन् ।

योसँगै नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २७८ पुगेको छ ।देशभर १२ हजार ५९८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यसमध्ये ११ हजार ५४४ जना होम आइसोलेसन, १ हजार ५४ जना संस्थागत आइसोलेसन, ३०७ जना आईसीयू तथा ९७ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार