२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

साफ च्याम्पियनसिप : 'नेपाल आज ऐतिहासिक फाइनल भिड्दै'

शनिवार , आश्विन ३०, २०७८

माले (माल्दिभ्स) , असाेज । नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुगेको यो पहिलो पल्ट हो । नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ ।

माल्दिभ्सको स्थानीय समय अनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) मा खेल सुरु हुनेछ। सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन्। अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ यसपल्ट भने नेपालले त्यो परम्परालाई ताडेर पहिलो पल्ट उपाधिको भिडन्तमा ओर्लिन लागेको छ। भारतका लागि भने आजको खेल लगातार आठौं फाइनल हुनेछ ।

समग्रमा कीर्तिमान सात पल्टको विजेता भारतले फाइनल खेल्न लागेको यो १२ औं पल्ट हुनेछ । अहिलेसम्मका प्रतियोगिताका १३ संस्करणमध्ये सन् २००३ मा एकै पल्ट मात्र फाइनल पुग्न सकेको थिएन्।

अल्मुताइरी डगआउट मा नहुने

यसपल्टको फाइनलको एउटा सबैभन्दा ठूलो विशेषता हुनेछ, दुवै टिमका प्रशिक्षक डगआउट मा हुने छैनन्। त्यसो भनेको नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन, एक प्रकारले दुवै दर्शक हुनेछन दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन ।

बंगलादेशविरुद्धको खेल पछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । त्यसको एकदिनपछि उनलाई ‘डगआउट मा बस्न नपाउने पत्र दिइएको थियो । माले (माल्दिभ्स) — नेपाली फुटबलका लागि आज शनिबार विशेष रहनेछ, किनभने नेपाल भारतविरुद्ध साफ च्याम्पियनसिप २०२१ को ऐतिहासिक फाइनलमा भिड्दैछ । नेपाल साफ च्याम्पियनसिपको इतिहासमै फाइनल पुगेको यो पहिलो पल्ट हो ।

नेपालले माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराउँछ भने त्यो आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता सावित हुनेछ । माल्दिभ्सको स्थानीय समय अनुसार राति आठ बजे (नेपाली समय अनुसार राति ८:४५) मा खेल सुरु हुनेछ । सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालको प्रदर्शन कहिले पनि सेमिफाइनल भन्दा माथि हुन सकेको छैन् । अधिकांस समय यो प्रतियोगितामा नेपाल समूह चरणमै सीमित हुने गरेको छ ।

यसपल्ट भने नेपालले त्यो परम्परालाई ताडेर पहिलो पल्ट उपाधिको भिडन्तमा ओर्लिन लागेको छ । भारतका लागि भने आजको खेल लगातार आठौं फाइनल हुनेछ । समग्रमा कीर्तिमान सात पल्टको विजेता भारतले फाइनल खेल्न लागेको यो १२ औं पल्ट हुनेछ । अहिलेसम्मका प्रतियोगिताका १३ संस्करणमध्ये सन् २००३ मा एकै पल्ट मात्र फाइनल पुग्न सकेको थिएन् । अल्मुताइरी ‘डगआउट’ मा नहुने यसपल्टको फाइनलको एउटा सबैभन्दा ठूलो विशेषता हुनेछ, दुवै टिमका प्रशिक्षक ‘डगआउट’ मा हुने छैनन् ।

त्यसो भनेको नेपालका अब्दुल्लाह अल्मुताइरी र भारतका इगोर स्टिमेक दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन, एक प्रकारले दुवै दर्शक हुनेछन् । दुई पहेँलो कार्डका कारण अल्मुताइरी नेपालका लागि आफ्नो अन्तिम खेलमा यो अवसरबाट वञ्चित भएका हुन् । बंगलादेशविरुद्धको खेल पछि उनले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । त्यसको एकदिनपछि उनलाई ‘डगआउट’ मा बस्न नपाउने पत्र दिइएको थियो ।

भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि ‘डगआउट’ मा हुने छैनन् । नेपालका लागि प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका अञ्जन विष्टले पनि फाइनल गुमाउने छन् । उनी पनि दुई पहेँलो कार्डको मारमा परेका हुन् ।

२८ वर्ष र ४२ खेलपछि फाइनल सन् १९९३ मा भएको सार्क गोल्डकपलाई साफ च्याम्पियनसिपको पहिलो संस्करणका रूपमा गणना गर्ने हो भने नेपाल २८ वर्षपछि पहिलो पल्ट फाइनल खेल्दैछ । यसपल्टको फाइनल अगाडि नेपालले ४२ खेल खेलिसके । यसमा राउन्ड रोबिनका आधारमा चलेको अहिलेको प्रतियोगितामा चार खेल पनि पर्छन् । यी चार खेलमध्ये नेपालले सुरुआती दुई प्रतिस्पर्धामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । त्यस लगतै नेपाल भारतसँग पराजित भएको थियो ।

निर्णायक खेलमा भने नेपालले बंगलादेशलाई बराबरीमा रोकेको थियो । भारतले भने सुरुआती दुई खेलमा बराबरी खेलेको थियो, बंगलादेश र श्रीलंकाविरुद्ध । त्यसपछि उसले नेपाल र माल्दिभ्सलाई हराएको हो । भारतविरुद्ध नेपाल साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारतबीच सात खेल भएका छन् ।

त्यसमध्ये नेपाल एकै खेलमा मात्र विजयी रहेको छ । सन् २०१३ मा नेपालले काठमाडौंमा भएको प्रतियोगितामा भारतमाथि २–१ को ऐतिहासिक जित निकालेको थियो । यो भारतमाथि नेपालले हात पारेको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली जित रहेको छ । नेपाल बाँकी पाँच खेलमा भने पराजित रहेको छ । यसपल्टको लिग चरणको हारलाई छाडेर नेपाल अन्तिम पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध पराजित भएको थियो ।

भारतको केरलामा भएको त्यस खेलमा नेपाल ४–१ ले पराजित भएको थियो । यी दुई टिमबीचका पछिल्ला पाँँच खेलमा भारत चारमा विजयी रहेको छ । एक भने बराबरीमा टुंगेको छ । नेपालले अन्तिम पटक पछिल्लो महिना काठमाडौंमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतलाई १–१ को बराबरीमा रोकेको थियो । त्यति बेला नेपालले भारतसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसको दोस्रो खेलमा भने नेपाल २–१ ले पराजित भएको थियो ।

नेपाल आठौं फाइनलमा

नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबलमा खेल्न लागेको यो आठौं फाइनल हुनेछ । यसअघिका सात फाइनलमध्ये नेपाल पाँच पल्ट विजयी रहेको छ र यसमध्ये दुई फाइनल भारतविरुद्ध रहेको छ । यस्तोमा यसपल्टको फाइनल नेपाल र भारतबीचको तेस्रो उपाधि भिडन्त हुनेछ । नेपालले सन् १९८४, १९८७ , १९९३ र १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनल खेलेको थियो ।

त्यसमध्ये दुई टिम संलग्न भिडन्तमा सन् १९८७ मा भारत विजयी रह्यो भने सन् १९९३ मा नेपाल । त्यसयता नेपालले सन् २०१६ को बंगबन्धु गोल्डकप, सन् २०१६ को एएफसी सोलिडारिटीकप र सन् २०२१ को थ्री नेसन्स कप फाइनल खेलेको थियो र यी तीनैमा नेपाल विजयी रहेको छ ।

बंगबन्धु गोल्डकपको फाइनल भने बहराइनको यू २३ टिमविरुद्ध थियो । रोहितको ७४ औं क्याप नेपालका लागि रोहित चन्दले शनिबारको फाइनलमा खेल्ने निश्चित जस्तै छ । उनी त्यस उपलब्धीबाट गुज्रने हो भने त्यो नेपालका लागि ७४ क्याप हुनेछ र यसक्रममा उनले पूर्व कप्तान विराट महर्जनलाई उछिन्ने छन् र हुनेछन्, नेपालका लागि सर्वाधिक खेल्ने दोस्रो खेलाडी ।

विराजले थ्री नेसन्सकप खेल्ने क्रममा कीर्तिमान ७३ औं क्याप जितेका थिए । पछि त्यसलाई उछिनेर अहिलेका कप्तान तथा गोलरक्षक किरण लिम्बू नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका थिए । बंगलादेशविरुद्धको पछिल्लो खेल किरणको ७८ औं क्याप थियो ।

त्यसै खेलमा रोहितले ७३ औं क्याप जिते र अब उनी आउटफिल्डमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुनेछन् ।भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा सिधै रातो कार्ड पाएका थिए, त्यसैले उनी पनि डगआउट मा हुने छैनन । नेपालका लागि प्रतियोगितामा अहिलेसम्म सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका अञ्जन विष्टले पनि फाइनल गुमाउने छन।

उनी पनि दुई पहेँलो कार्डको मारमा परेका हुन २८ वर्ष र ४२ खेलपछि फाइनल सन् १९९३ मा भएको सार्क गोल्डकपलाई साफ च्याम्पियनसिपको पहिलो संस्करणका रूपमा गणना गर्ने हो भने नेपाल २८ वर्षपछि पहिलो पल्ट फाइनल खेल्दैछ । यसपल्टको फाइनल अगाडि नेपालले ४२ खेल खेलिसके।

यसमा राउन्ड रोबिनका आधारमा चलेको अहिलेको प्रतियोगितामा चार खेल पनि पर्छन यी चार खेलमध्ये नेपालले सुरुआती दुई प्रतिस्पर्धामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो । त्यस लगतै नेपाल भारतसँग पराजित भएको थियो। निर्णायक खेलमा भने नेपालले बंगलादेशलाई बराबरीमा रोकेको थियो ।

भारतले भने सुरुआती दुई खेलमा बराबरी खेलेको थियो, बंगलादेश र श्रीलंकाविरुद्ध । त्यसपछि उसले नेपाल र माल्दिभ्सलाई हराएको हो । भारतविरुद्ध नेपाल साफ च्याम्पियनसिपको इतिहासमा नेपाल र भारतबीच सात खेल भएका छन।

त्यसमध्ये नेपाल एकै खेलमा मात्र विजयी रहेको छ। सन् २०१३ मा नेपालले काठमाडौंमा भएको प्रतियोगितामा भारतमाथि २- १ को ऐतिहासिक जित निकालेको थियो। यो भारतमाथि नेपालले हात पारेको अहिलेसम्मकै सबैभन्दा प्रभावशाली जित रहेको छ नेपाल बाँकी पाँच खेलमा भने पराजित रहेको छ।

यसपल्टको लिग चरणको हारलाई छाडेर नेपाल अन्तिम पटक सन् २०१५ को साफ च्याम्पियनसिपमा भारतविरुद्ध पराजित भएको थियो। भारतको केरलामा भएको त्यस खेलमा नेपाल ४ -१ ले पराजित भएको थियो। यी दुई टिमबीचका पछिल्ला पाँँच खेलमा भारत चारमा विजयी रहेको छ। एक भने बराबरीमा टुंगेको छ। नेपालले अन्तिम पटक पछिल्लो महिना काठमाडौंमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा भारतलाई १-१ को बराबरीमा रोकेको थियो ।

त्यति बेला नेपालले भारतसँग दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेलेको थियो । त्यसको दोस्रो खेलमा भने नेपाल २-१ ले पराजित भएको थियो नेपाल आठौं फाइनलमा नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय फुटबलमा खेल्न लागेको यो आठौं फाइनल हुनेछ । यसअघिका सात फाइनलमध्ये नेपाल पाँच पल्ट विजयी रहेको छ र यसमध्ये दुई फाइनल भारतविरुद्ध रहेको छ । यस्तोमा यसपल्टको फाइनल नेपाल र भारतबीचको तेस्रो उपाधि भिडन्त हुनेछ।

नेपालले सन् १९८४, १९८७ , १९९३ र १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनल खेलेको थियो । त्यसमध्ये दुई टिम संलग्न भिडन्तमा सन् १९८७ मा भारत विजयी रह्यो भने सन् १९९३ मा नेपाल। त्यसयता नेपालले सन् २०१६ को बंगबन्धु गोल्डकप, सन् २०१६ को एएफसी सोलिडारिटीकप र सन् २०२१ को थ्री नेसन्स कप फाइनल खेलेको थियो र यी तीनैमा नेपाल विजयी रहेको छ। बंगबन्धु गोल्डकपको फाइनल भने बहराइनको यू २३ टिमविरुद्ध थियो ।

रोहितको ७४ औं क्याप नेपालका लागि रोहित चन्दले शनिबारको फाइनलमा खेल्ने निश्चित जस्तै छ। उनी त्यस उपलब्धीबाट गुज्रने हो भने त्यो नेपालका लागि ७४ क्याप हुनेछ र यसक्रममा उनले पूर्व कप्तान विराट महर्जनलाई उछिन्ने छन् र हुनेछन्, नेपालका लागि सर्वाधिक खेल्ने दोस्रो खेलाडी।

विराजले थ्री नेसन्सकप खेल्ने क्रममा कीर्तिमान ७३ औं क्याप जितेका थिए। पछि त्यसलाई उछिनेर अहिलेका कप्तान तथा गोलरक्षक किरण लिम्बू नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी भएका थिए । बंगलादेशविरुद्धको पछिल्लो खेल किरणको ७८ औं क्याप थियो । त्यसै खेलमा रोहितले ७३ औं क्याप जिते र अब उनी आउटफिल्डमा नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुनेछन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार