२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

असंलग्न अभियानमा नेपाल

परराष्ट्रमन्त्री खड्काले भने : " असंलग्‍न अभियान नेपालको विदेश नीतिको एक अभिन्‍न अंग "

मंगलवार , आश्विन २६, २०७८

काठमाडौँ , असाेज । परराष्ट्रमन्त्री नारायण खड्काले असंलग्न अभियान (नाम) को सिद्धान्त नेपालको विदेश नीतिको एक अभिन्न अंग भएको बताएका छन । नामको ६० औं वर्ष पुगेको उपलक्ष्यमा सर्बियाको राजधानी बेल्ग्रेडमा भएको उच्चस्तरीय कार्यक्रममा खड्काले नेपालले आफ्नो संविधानमा यो अभियानको मूल सिद्धान्तहरुलाई स्थापित गरेको पनि बताएका छन। नेपाल नामको संस्थापक सदस्य मुलुक पनि हो ।

उनले ६० वर्ष यता हेर्ने हो भने संसारमा गहिरो परिवर्तन भएको उल्लेख गरे। उनले भने,आज हामी बसिरहेको विश्व मौलिक रुपमा ६० वर्ष अघिभन्दा धेरै जटिल छ। र, हामीले धेरै गहिरो र जटिल चुनौतिहरुको सामूहिक रुपमा सामना गरिरहेका छौं । मन्त्री खड्काले नामले संसारभरका मुलुकहरुमा स्वतन्त्रता, प्रजातन्त्र र न्याय ल्याउन सफल भएको बताए।

तैपनि आज हामी बढ्दो जातीय र अन्तर राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी र वित्तिय जोखिम तथा धनी र गरीबको बीचमा असमानता र ठूलो मात्रामा इन्धन र खाद्यान्य संकट देख्दैछौं, उनले भने उनले ती चुनौतिहरुको अतिरिक्त भूराजनीतिक तनावहरु फेरि सतहमा आएको बताए।

यसले विभागजनको नयाँ फल्ट लाइनहरु बढ्दै गएको जनाए। परमाणु हतियारको आधुनिकीकरण र हतियार दौडको संकेत महान शक्तिहरुको बीच प्रतिस्पर्धाको नयाँ लहर छ, सम्बोधनमा मन्त्री खड्काले भने मन्त्री खड्काले कोभिड १९ महामारी मावनजातिका लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा निस्केको बताए। यसले मानव सुरक्षाको महत्वपूर्ण क्षेत्रहरुमा विश्वव्यापी शासनको अन्तर र कमजोरीहरुलाई उजागर गरेको उल्लेख गरेका छन ।

खोपको पहुँचमा असमानताको लागि धेरै हदसम्म योगदान गरेको मन्त्री खड्काले भनेका छन । उनले जलवायु परिवर्तन र यसले जीवनमा पार्ने प्रभाव अर्को एक चुनौती रहेको प्रष्ट पारेका छन । जसले मानव जातिको अस्तित्वको लागि खतरा छ, उनको भनाइ थियो । मन्त्री खड्काले संख्यात्मक र नैतिक शक्तिको कारणले गर्दा नामले आफ्नो उचित स्थानको फेरि दाबी गर्नुपर्ने बताएका छन। र, ठूलो स्वरमा बोल्नु पर्छ ।

साथमा धेरै गरिब र कमजोर मुलुकहरुको लागि निर्णायक भूमिका निर्वाह गर्नु पर्छ, उनले भनेका छन। मन्त्री खड्काले नेपाल संसारका सबै नेताहरु, अभियान र अन्य सबैलाई हामीले चाहेको र हकदार रहेको साझा भविष्यको लागि आह्वान गरे । सबै मिलेर काम गर्ने र सबै मानव जातिको भलाइको लागि अगाडि बढ्ने प्रतिज्ञा गरौं, उनले भने ।

खड्काले सम्बोधनकै क्रममा आफूले नेपालबाट शान्तिको सन्देश ल्याएको पनि जानकारी दिए । उनले भने, मैले बुद्धको जन्मस्थानबाट शान्तिको सन्देश ल्याएको छु । यस कार्यक्रमको सफलताको लागि नेपाल सरकार र जनताको शुभकामना छ ।

- कान्तीपुरकाे सहयाेगमा

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार