२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सागका लागि जुडो खेलाडी छनोट

सोमवार , आश्विन २५, २०७८

 काठमाडौँ, असोज । एशियन ओशियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि चार जुडो खेलाडी छनोट भएका छन् ।

नेपाल जुडो सङ्घद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान दुई पुरुष र दुई महिला गरी चार खेलाडी छनोट भएको जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिनुभयो ।

नयाँ बजारको खुशीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको उक्त छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र ६० केजीमुनि सुबोध मण्डल छनोट भएका हुन् ।

त्यस्तै महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ र ४८ केजीमा निशा श्रेष्ठ छानिए ।चारै खेलाडी बन्दी सहायता गृह (पाम) का खेलाडी हुन् । च्याम्पियनसिप लेबनानमा आगामी डिसेम्बर २ देखि ५ तारिखसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार