२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संयुक्त राष्ट्र संघको ७६औं महासभा

परराष्ट्रमन्त्री खड्काले भने :'अफगानिस्तानको पछिल्लो घटना साझा चिन्ताको विषय, सहमति जुटाउँ'

मंगलवार , आश्विन १२, २०७८

काठमाडौँ, असाेज । नेपालले अफगानिस्तानमा पछिल्लो समय विकसित घटनाक्रम सबैको चिन्ताको विषय भएको बताएको छ । मंगलबार न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७६औं महासभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री नारायण खड्काले अफगानिस्तानको पछिल्लो घटनाक्रम साझा चिन्ताको विषय भएको बताएका हुन् । 

परराष्ट्रमन्त्री खड्काले शान्ति, सुरक्षा र स्थायित्वका लागि अफगानिस्तानका सबै पक्षलाई सहमति जुटाउन पनि आग्रह गरेका छन् । त्यस्तै उनले अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्ने पनि बताए ।

अफगानी नागरिकको आधारभूत अधिकारको सुनिश्चितता हुनुपर्छ, उनीहरूले इज्जतका साथ जीवन बाँच्न पाउनुपर्छ, खड्काले सम्बोधनका क्रममा भने ।

khadka-minister-2892021053400-1000x0.jpg

त्यस्तै यूएन चार्टरमा आधारित भएर अफगानिस्तानले अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध बनाउनुपर्नेमा पनि परराष्ट्रमन्त्री खड्काको जोड थियो।त्यस्तै परराष्ट्रमन्त्री खड्काले म्यानमार प्रजातन्तत्र पुनर्बहालीका लागि सबै पक्षलाई आग्रह गरेका छन् ।

लिबिया, सिरिया र यमनमा देखिएका समस्या समाधानका लागि पनि परराष्ट्रमन्त्रीले त्यहाँका सबै पक्षलाई सहमति जुटाउन आग्रह गरे मध्यपूर्वमा लामो समयदेखि इजरायल र प्यालेस्टाइनबीच संघर्ष जारी छ ।

प्यालेस्टाइन र इजरायलबीचको समस्याको समाधान दुई राष्ट्रिय अस्तित्व मार्फत नै हुनुपर्ने नेपालको लामो समयदेखिको मान्यता रहेको परराष्ट्रमन्त्री खड्काले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार