२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कोरियन एम्बासडर तेक्वान्दो आजदेखि

शुक्रवार , भाद्र १८, २०७८

काठमाडौँ, भदौ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा १०औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । 
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने उक्त प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने प्रतियोगिता मूल आयोजक समितिका संयोजक समेत रहनु भएका नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भानु चन्दले जानकारी दिएका छन । तीन सय ९० पुरुष र २०३ महिला खेलाडीले सहभागिता जनाउनेछन् । 
तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत पुम्सेमा पदक जितेका प्रायः सबै खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगितामा कूल २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

व्यक्तिगत स्पर्धाको पुरुष÷महिलामा छ–छ गरी १२, पेयर र टिममा समान छ–छ गरी १२ तथा फेमिली र तेक्वान्दो एरोबिकमा समान एक–एक गरी दुईसहित कूल २६ स्पर्धा समावेश छन् । 
विगतमा भौतिकरूपमा प्रतियोगिता आयोजना हुँदै आएकामा कोरोनो भाइरसको जोखिमलाई मध्यनजर गरी भर्चुअलरूपमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार