२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा एमालेभित्रको बिबाद

ओलीमाथि ठूलै दवाव  : "अब जसरी नि सकिने लाइनमा आइपुगे ओली ! "

'दुई दिनभित्र समस्या नसल्टयाए ९ सदस्यले ठूलै बिद्रोह गर्ने अल्टिमेटम '

शनिवार , भाद्र ५, २०७८

 

काठमाडौं, भदौ  । नेपाल कम्युनिष्ट पार्टी एमालेभित्रको बिबाद दल फुट्दासमेत मत्थर रहेन । माधव झलनाथले दल फुटाए तर ओली समूहमा रहेका तर माधवकुमार नेपालसँग रहेका र उनको नयाँ पार्टीमा नगएका  दोस्रो तहका नेताले अर्को बिद्रोहका तयारी गरेका छन ।

उनीहरुले भने,  १० बुँदे सहमति कार्यान्वयन गर्न दवाव दिदै  अध्यक्ष केपी शर्मा ओलीलाई  भने, दुई दिनभित्र समस्या नसल्टयाए ठूलै बिद्रोह गर्ने  अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने र यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो हुने उनीहरुको दाबी छ ।

अध्यक्ष ओली र नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदसँग पनि यह िबिषयमा  छलफल पनि  गरे । महाराजगञ्जस्थित एरिकल इभेन्ट्स होटलमा भएको छलफलमा माधव नेपाल समूहमा रहेका तर, उनको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीमा नगएका केन्द्रीय सदस्य र सांसद गरी ५७ जना सहभागी भएको थिए ।

बैठकले दुई दिनभित्र २७ असारमा भएको १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनुपर्छ,’ एक नेता भन्छन्, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० बुँदेमा अनुसार १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर केन्द्रीय कमिटीको कहिले बोलाउने हो, मिति तोकियोस् ।’

अहिलेसम्म भएका सबै निर्णय खारेज गर्नुपर्ने, पार्टी तथा जनसंगठन पूर्ववत् अवस्थामा फर्किंदा उत्पन्न हुने समस्या समाधानका लागि कार्यदल बनाउनुपर्ने बैठकको माग छ ।

१० बुँदे अक्षरशः कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले जानकारी दिए ।

दुई दिनभित्र अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयन नगरे एमालेमा अर्को विद्रोह हुने यो समूहको चेतावनी छ । एक केन्द्रीय सदस्य भन्छन्, ‘अब धेरै अलमल स्वीकार्य छैन । यदि तत्काल सहमति कार्यान्वयन भएन भने एमालेमा विद्रोह गर्छौं ।’

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति तत्काल व्यवहारमा लागू गर्नुपर्ने र कारबाही रोक्नुपर्ने आफूहरुको माग भएको बताए । उनले अघि भने, ‘सरकारले ल्याएको राजनीतिक दल विभजन सम्बन्धी विधेयक कुनै हालतमा स्वीकार्य हुँदैन, यो खारेज गर्नुपर्छ ।’

सचिव गोकर्ण विष्टले पनि आफूहरु १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र एमालेलाई एकजुट गर्न लागेको बताए । एमालेको एकता कायम राख्ने आफूहरुको प्रयास रहेको भन्दै भन्छन्, ‘अध्यक्ष केपी शर्मा ओलीलाई लचकता भएर जान आग्रह गर्छौं र माधव नेपालजीलाई पनि आग्रह गर्छौं ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार