२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

फिफा वरियता : 'बेल्जियम पहिलो, नेपाल १६८औँ स्थानमा '

बिहिवार , श्रावण २८, २०७८


काठमाडौँ, साउन  । विश्व फुटबलको सर्वोच्च निकाय विश्व फुटबल महासङ्घ (फिफां.) को नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । बिहीबार सार्वजनिक गरेको पुरुष फुटबलको नयाँ वरियताको दोस्रो स्थानमा ब्राजिल छ । 

त्यसै गरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्गल्यान्ड चौथो तथा इटाली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ । 

फिफा वरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । नयाँ वरियतामा नेपालले तीन स्थान सुधार गर्दै १६८औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १७१औँ स्थानमा रहेको थियो ।

 नेपाल दक्षिण एसियाली राष्ट्रको वरियतामा तेस्रो स्थानमा छ । गत मे महिनाको अन्तिममा पछिल्लो पटक फिफाको वरियता सार्वजनिक हुँदा नेपालको अङ्क ९६८ रहेको थियो । अहिलेको नयाँ वरियतामा नेपालले चार अङ्क बटुल्दै ९७२ बनाएको छ । 

 नेपालभन्दा अगाडि भारत र मालदिभ्स रहेको छ । भारत १०५औँ स्थानमा छ भने मालदिभ्स १५८औँ स्थानमा रहेको छ । नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान रहेको छ । बङ्गलादेश १८८औँ स्थानमा छ भने भुटान १८७औँ स्थानमा छ । त्यस्तै पाकिस्तान १९८औँ स्थानमा रहँदा श्रीलङ्का २०५औँ स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार