काठमाडौं, साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा बिभाजन र एमाले भित्रको बिबाद चर्किरहेको छ । यसैबीचमा नेपालका राजनीतिक दललाई चिनियाँ र अमेरिकी दवाव थेग्नै नसक्ने छ । चिनियाँ राजदूत हौ यान्छी र अमेरिकी राजदूत नेपालका राजनीतिक दलका शीर्ष नेतासँग बेग्ला बैग्लै भेट र आफ्ना एजेण्डा कार्यान्वयनमा दबाब दिईरहेका छन ।
अमेरिकी एजेण्डा भने नयाँ सरकारको गठनसँगै एमसीसी पास गराउन लागीपरेको छ भने चीन भने पास हुन नदिने पक्षमा लविंग गरिरहेको छ ।
चीनको भनाई छ, एमसीस िपास भएपछि नेपालमा अमेरिकी सेना आउने र चीनलाई सुरक्षा अतरा बढ्ने जिकीर छ । बालुवाटार स्रोतका अनुसार, एमसीसी पास गर्ने दबाब प्रधानमन्त्रीमाथि निकै परेको छ । यी दुई देशको सक्रियता रराजदूतहरुको भेटघाट सामान्य होइन । र, यो नेपालको राजनीतिक बिबाद मात्र होइन । र नेपालको माया अथवा एउटालाई सत्ताबाट हटाउने र ल्याउने मात्र खेल र गरिएको बिबाद होइन ।
स्रोतका अनुसार, पश्चिमा अर्थात अमेरिका तथा युरोपियन नेपालमा आफ्नो अनुकुल सरकार बनाउने तथा एमसीसी पास गराएर यहाँभित्र प्रभूत्व जमाउने र नेपाल बसेर चीनलाइ कमजोर बनाउने खेल हो भनेर नेपालको राजनीतिक बृत्तले बुझेको छ । र यहाँ एउटा समूह समातेर परिवर्तनको खेल खेलेका छन भने चीनले पश्चिमाको त्यो खेल रोक्ने अर्थात इच्छा पूरा हुन नदिने ने प्रतिष्पर्धा हो ।
समग्रमा अहिले नेपालमा बिदेशी कुनचाहि शक्ति हावी हुने भन्ने प्रतिष्पर्धा मात्र रहेको छ । यी विश्वका दुइ पक्षले दुईवटा गुटलाई लडाएका छन । यसो सरसर्ती हेर्दा यो विश्वका दुई ठूला शत्तिबीचको लडाई साबित भएको बिश्लेषकले ब्याख्या गरेका छन ।
स्रोतका अनुसार समग्रमा अहिलेको सरकार परिवर्तनको वास्तविक खेल भने उत्तर र पश्चिमा देशबीच नेपाल तथा नेपालको राजनीति आफ्नो पक्षको बनाउने मात्र रहेको छ । र सँधै यसमा आफ्नो प्रभाव कायम राख्न चाहने भारत भने केही ‘न्युट्रल’ अवस्थामा बसेको छ । भारतले अहिले आफ्नो कुनै सहभागिता देखाएको छैन र चासो पनि त्यति लिएको देखिदैन ।
यसलाई लिएर अमेरिका भारतलाई पनि साथ लिएर जाने वातावरण बनाउन अहिले अमेरिकी बिदेश मन्त्री भारतको भ्रमणमा छन । र, नेपाल हेर्ने अमेरिका र भारतको समान दृष्टिकोण बनाउन छलफलमा छन ।