काठमाडौं, साउन । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेन दुई दिने भारत भ्रमणमा छन् । नेपालमा भएको सरकार परिवर्तनसँगै उनी भारत भ्रमणमा आएका छन । सरसर्ती हेर्दा भ्रमणमा रहेका एन्टोनीले बिशेषत नेपालका बिषयमा कुराकानी हुने जनाइएको छ ।
भ्रमणका क्रममा ब्लिंकेनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने र सो भेटबार्तामा नेपाललाई हेर्ने भारत र अमेरिकाको दृष्टिकोण कस्तो रहने भन्ने बिषयमा छलफल हुनेछ । यसो हुनुमा अहिले सरकार परिवर्तनसँगै अमेरिकाले एमसीसी संसदबाट पास गराउन लागिरहेका बेला यो भ्रमण भएको हो ।
बहुप्रतिक्षित बहुराष्टिय योजना एमसीसी नेपालमा पास गराउनेबारे भारतले खासै चासो दिएको छैन । यद्यपी नेपालका यस्ता ठूला निर्णय र राजनीतिक परिवर्तनमा भारतको गहिरो चासो र भूमिका रहँदै आउने गरेकाले पनि यसमा अमेरिकाले समान धारणा बनाउन खोजेकाले यो भारत भ्रमण नेपालका लागि ने महत्व राख्ने र नेपालमा पनि अमेरिकी प्रतिनिधिले प्रधानमन्त्री देउवासँग भेट गरेका छन ।
ब्लिंकेन भ्रमणमा गएकै दिन अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भारत इन्डो–प्यासेफिक क्षेत्रको एक महत्वपूर्ण साझेदार रहेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका इन्डो–प्यासेफिक क्षेत्रलाई शान्ति, स्थीरता, समृद्धियुक्त क्षेत्र बनाइराख्न भइरहेका प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार एवम् विश्वकै शक्तिका रुपमा आउने कुरामा समर्थन गर्दछ ।’ भनी जनाएको पनि छ ।
विज्ञप्तिमा दुई देशबीचको बढ्दो सैन्य सहयोगबारे पनि उल्लेख छ । अमेरिका र भारतबीच सैन्य सहयोग नयाँ उचाइमा पुग्दैछ । यसमा सूचना आदान प्रदान गर्नेदेखि लिएर लायजन अफिसर, मालाबार जस्ता जटिल अभ्यास र सिक्योर कम्युनिकेसन एग्रिमेन्ट जस्ता विशेष सम्झौता सामेल छन् ।
सन् २०२० सम्ममा अमेरिकाले भारतलाई रक्षा क्षेत्रमा २० अर्ब अमेरिकी डलरसम्म खरिद गर्न सक्ने अनुमति दिइसकेको छ ।’