२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसद बिघटनसम्बन्धी मुद्धा  

संसद पुनस्थपना हुने  : "प्रधानमन्त्री ओली एक बर्ष अघि ‘अर्ली ईलेक्सन’ को तयारी गर्दै"

पाँचदलीय गठबन्धन संसद पुनस्थापनपछिको सरकारको तयारीमा लागे

आइतवार , आषाढ २७, २०७८

 

काठमाडौं, असार । संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ ।  एमिकस क्युरी राय दिएसँगै संसद विघटन मुद्दामाथिको बहस सकिएको हो ।  र, बहस सकिएसँगै  अब मुद्धा के हुने भन्ने चासो सबैतिर छ ।  

राय दिने एमीकश क्यूरीका सदस्यले मिश्रित धारणा राखेका छन । प्रधानमन्त्रीले संसद बिघटन गर्ने काम भने असंबैधानिक  रहेको जिकीर गरे । 
अब यो सँगै संसद के हुन्छ त भन्नेतर्फ  जिज्ञासा छ, सबैको ध्यान अदालततिर छ ।  प्रधानन्यायधीश चोलेन्दै शमशेर जबराले फैसलाबारे जबराले  भोलिललाई तोकेका छन । 
छिटै निर्णय आउने छ । सरसर्ती न्याधीशको प्रश्न सोधाई, संबैधानिक अवस्था, राय दिने एमीकश क्यूरीका सदस्यको राय हेने हो भने संसद पुनस्थापना हुनेमा सबै क्षेत्र ढुक्क छन । भने  देउवालाई प्रधानमन्त्री नियत्तिमा  परमादेश दिने भन्नेमा ९० प्रतिशत आशाबादी रहेका छन । यद्यपी बिघटन गर्ने प्रधानमन्त्री पनि ढुक्क नरहेको सचिवालय स्रोतले बतायो ।  
 संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बहसका क्रममा सरकारी अर्थात प्रधानमन्त्री पक्षीय वकीललाई प्रश्न राखेका थिए, देउवालाई प्रधानमन्त्री नियत्ति गर्न परमादेश दिए के हुन्छ ?  भनेर प्रश्न राखेका थिए । सबै न्यायधीशको प्रश्न रखाइमा पनि यस्तै अर्थ आउथ्यो । सरसर्ती संबैधानिक ब्यवस्था हेर्ने हो भने बिघटन गर्ने कार्य गलत हो र राष्टपतिले नियत्तिको आधार नहेरी गलत तरिकाले बिघटन गरेको  भन्ने सबै न्यायधीशको राय थियो ।  
अदालत स्रोतका अनुसार, न्याधीश पनि संबैधानिक रुपमा हेर्दा संसद बिघटन गैरसंबैधानिक नै हो भन्नेमा पुगेका छन । अदालत भावनामा हिड्न मिल्दैन भन्ने नै रहेको जनाइएको छ ।  अर्कातर्फ प्रधानमन्त्री कार्यालय भने संसद पुनस्थापना भए के गर्ने भनेर छलफलमा जुटेको बालुवाटार  स्रोत बताउँछ ।
बालुवाटार स्रोत सदस्यले भने,  पहना संकटकाल लगाउने,  एक बर्षअघि अर्थात अर्ली इलेक्सनको तयारी गरेको जनाइएको छ । आगामी मंसिरसम्म निर्बाचन गर्ने निर्णय गराउने तयारी रहेको र   अनि छ पहिनापछि निर्बाचन घोषणा गरेर मंसिरसम्म सरकार लम्ब्याउने तयारी छ । त्यसो भएपछि अबैधानिक पनि नहुने उनीहरुको ठम्याई छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार