२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा विघटन बहस

सभामुख पक्षतर्फको बहस सकियो : "अब रिट निवेदक पक्षबाट २ घण्टा जवाफी बहस बाँकी "

आइतवार , आषाढ २०, २०७८

काठमाडौँ, असार । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटमा सभामुख पक्षतर्फको बहस सकिएको छ । संवैधानिक इजलासको सुनुवाइका क्रममा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन व्यवसायीहरूले आइतबार बहस गरेका थिए ।

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लव कुमार मैनाली, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले आइतबार बहस गरेका हुन् ।  उनीहरूका लागि दुई घण्टा समय दिएको थियो । सभामुख पक्षको बहस सकिएसँगै रिट निवेदक पक्षबाट जवाफी बहस सुरु भएको छ ।

रिट निवेदक पक्षको बहसमा सहभागी अधिवक्तालाई प्रधानन्यायाधीश चेलेन्द्रशमशेर जबरा र न्यायाधीश ईश्वर खतिवडाले सरकारी पक्षबाट आएका विषयहरू बारे प्रश्न गरे ।

वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदको तर्फबाट आइतबार १ घण्टा जवाफी बहस गरेका हुन् ।

अब भोली सोमवार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदक पक्षबाट बाँकी २ घण्टा जवाफी बहस गर्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार