२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसद् विघटनसम्बन्धी मुद्दा

संवैधानिक इजलास : 'आज सभामुख सापकोटाका तर्फबाट बहस, समय दुई घण्टा '

आइतवार , आषाढ २०, २०७८

काठमाडौँ, असार । सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दामा आज आइतबार सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस हुँदैछ । सभामुखतर्फका कानुन व्यवसायीका लागि दुई घण्टा समय तोकिएको छ ।

यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना कानुन व्यवसायीले १४ घण्टा बहस गरेका थिए । सभामुखको तर्फबाट बहस सकिएपछि जवाफी बहस हुने सर्वोच्च अदालतले जनाएको छ ।

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरु लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, श्यामप्रसाद खरेल, तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् ।

सभामुखका तर्फबाट बहस सकेर आइतबार नै निवेदकको जवाफी बहस सुरु हुनेछ । जवाफी बहसका लागि ३ घण्टा समय दिइएको छ । बहस गत असार ९ गतेबाट सुरु भएको हो ।

सुरुमा निवेदक पक्षका ३६ कानुन व्यवसायीले १२ घण्टा बहस गरेका थिए । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, बद्रीबहादुर कार्की, हरिहर दाहाल र शम्भु थापाले जवाफी बहस गर्दैछन् । सोमबार एमिकस क्युरीका तर्फबाट २ घण्टा राय राखेपछि फैसलाको तयारी गरिनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार