२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा एमालेभित्र बिबाद 

दुबै पक्षका नेता भन्छन : "ओलीको दम्भले एमाले एकता अध्याय समाप्त" 

 खोलीले एकता खाफू सुरक्षित हुने रणनीति, भोलिदेखि स्पट बिभाजन हुने स्थिति बन्यो

आइतवार , आषाढ २०, २०७८

काठमाडौँ, असार । लामो समयदेखि आन्तरिक बिबादमा फसेको  सत्तारूढ एमालेमा एकताको अध्याय अब करिब समाप्त भएको छ । दोस्रो तहका नेताले केही दिनयता दौडधुप बढाएर एकता कायम गर्ने  अधिकतम प्रयास गरे ।  अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल आ–आफ्ना अडानबाट पछि हट्नुको सट्टा ओलीको एकलौटी र आफू अनुकुल  निर्णय गर्दै अघि बढेपछि एकता भाँडिन पुगेको हो । 

केन्द्रीय कमिटी बैठकको दोस्रो दिन शनिबार अध्यक्ष ओलीले दलभित्र एकता कायम गर्नेभन्दा  नेपाल समूहलाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन दबाब दिए ।   उनले भने,  हस्ताक्षर नलिने अब पार्टीमा रहन नसक्ने घोषणा गरे ।  जसले दलभित्रको एकता भन्दा पहिला आफू सुरक्षित हुने बाटो मात्र खोजे ।  

अदालतको निर्णयमा प्रभाव पार्न हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेटम दिए ।  दलभित्र एक भएर जाने आधार भने कहीँ कतै देखाएनन् ।  ओलीका जालािजी निर्णयहरु र  दलका नेता तथा कार्यकर्ताको मनोबल बढाउने र एकता गरेर सबैलाइृ सकेटेर लाने कुनै आधार नबनाएपछि नेपाल समूहका नेता कुनै पनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडानमा छन् ।

बैठकमा सहभागी एक नेताले  डेमोखबरसँग भने, अध्यक्ष ओलीले शनिबार बैठकमा कित्ताकाट भइसकेको पनि बताए । उनले दम्भ देखाउँदै भने,  अब पार्टी कसैलाई पर्खेर नबस्ने, आफ्नो गतिमा चल्ने बताए ।  उनले थपे,  ‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने र प्रमुख प्रतिपक्षको नेतृत्वमा वैकल्पिक सरकार बनाउने हस्ताक्षर ज–जसको कायम रहन्छ, ती पार्टीका कार्यकर्तासमेत रहँदैनन ।’  तपाईंहरूले हस्ताक्षर फिर्ता लिनुहोस् भनें ।’

बैठकमा ओलीले संवादको बेलिविस्तार लगाउँदै भने, नेपाल पार्टीलाई क्षतविक्षत बनाउने दिशामै रहेको उल्लेख गरे । ‘उहाँ (नेपाल) ले अदालती प्रक्रिया आफ्नो ठाउँमा छँदै छ, त्यसमा नअल्झिनुहोस्, फैसला गर्न दिनुहोस् तर बैठकचाहिँ रोक्नुहोस् भने,’ ओलीले भने, ‘बैठक रोक्ने हुन्छ ? कति दिन पर्खिने ? पार्टी क्षतविक्षत हुन्जेल पर्खिने ? यो हुन सक्दैन । पार्टी आफ्नो वैचारिक सांगठनिक क्रियाकलापमा अघि बढिरहन्छ ।’ 
ओलीले जेठ २ मा फर्किने नेपाल समूहको माग पूरा गरेको, पार्टीको कारबाही फिर्ता गरेको लगायतका उदाहरण दिँदै जे गर्दा पनि उनीहरू नमानेकाले अब पर्खेर नबस्ने घोषणा गरेका थिए ।

ओली र नेपाल समूहका नेता विवाद मिलाउन पछिल्लो समय दिनहुँ वार्तामा थिए । सकेसम्म दुवै पक्षलाई मिलाएर लैजाने भन्दै  सहमतिका न्यूनतम खाका पनि तयार गरे । तर ओली र नेपाल दुवै अडानबाट टसमस  भएनन् । सहमतिको कोसिस त्यही भएर सफल भएन ।

‘हामी लगभग सहमतिको अवस्थामा पुगेका थियौं तर ती सहमति कार्यान्वयनभन्दा पनि शंका, अविश्वास हुने खालका निर्णय एकपछि अर्को रूपमा हुँदै गए,’ नेपाल निकट एक सदस्यले बताए ।  बढ्ने, एमाले विभाजन गर्न चाहने शक्तिलाई बल पुग्ने खालका काम भए । शीर्ष तहकै नेतृत्वमा एकताप्रतिको गम्भीरता देखिएन ।’

वार्ताका क्रममा नेपाल समूहले ओली समूहसँग शनिबारको बैठक रोकेर सुरुमा जेठ २ मा कायम रहेको केन्द्रीय कमिटीको मात्र बैठक गर्ने, त्यसपछि माओवादी केन्द्रबाट आएका नेताहरूलाई केन्द्रीय कमिटीमा संलग्न गराउने प्रक्रियामा जाँदा धेरै कुरा मिल्ने दिशामा जाने भनेको थियो । तर यसमा ओली तयार भएनन् ।

यता नेता नेपाल पनि हस्ताक्षर फिर्ता पहिले गर्ने सर्तलाई मान्न नसकिने अडानबाट कुनै हालतमा पछि हट्न चाहेनन् । यही बीचमा शनिबार बालुवाटार बैठकबाट झन् ठूला निर्णय भएपछि एकताको ढोका लगभग बन्द भएको हो ।

दुवै पक्षका नेताका अनुसार, अब एकता हुन कि त ओलीले भनेअनुसार नेपाल खुरुखुरु मानेर पार्टीमा जोडिनुपर्छ कि त नेपालले भनेअनुसार हस्ताक्षर फिर्ता नलिने निर्णयमा ओलीले समर्थन गर्नुपर्छ । यी निर्णय गर्न दुवै नेता तयार छैनन् । ‘त्यसैले अब पार्टी एक रहँदैन भन्ने स्पष्ट भयो,’ एक नेताले भने, ‘दुवै नेता आ–आफ्नो योजनाअनुसार अघि बढिसकेका छन् ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार