२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि सभा विघटन बहस

प्रधानन्यायाधीशले सोधे : " प्रधानमन्त्रीले 'कन्फिडेन्स' प्राप्त गर्न नसके अर्को सांसदलाई समर्थन गर्नुपर्ने होइन ?"

बिहिवार , आषाढ १७, २०७८

काठमाडौं, असार । प्रधानन्यायाधीश चोलेन्द्रशशेर जबराले ‘प्रधानमन्त्रीले आफूले संसद्मा कन्फिडेन्स प्राप्त गर्न नसकेपछि अर्को सांसदलाई समर्थन गर्नु पर्ने होइन ?’ भन्दै प्रश्न गरेका छन् ।

जारी संवैधानिक इजलासको सुनुवाइका क्रममा बिहीबार प्रधानन्यायाधीश जबराले सरकारी पक्षका अधिवक्ता परशुराम कोइरालालाई यस्तो प्रश्न गरेका हुन् ।

सो क्रममा प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीतर्फका अधिवक्तालाई प्रतिनिधि सभा बचाउने दायित्व प्रधानमन्त्रीको पनि हुनुपर्ने होइन भन्ने प्रश्नसमेत गरे ।

यस्तै,  एक पटक प्रतिनिधि सभा विघटन ठिक होइन भनेपछि किन त्यही बाटो गएको भन्ने प्रश्नसमेत गरे । प्रधानन्यायाधीश जबराको प्रश्नमा कोइरालाले निर्वाचित नेताले त्याग गर्नुपर्छ भन्नेमा आफू सहमत नभएको जवाफ दिए ।

प्रधानन्यायाधीश जबराले भने आफैं अघि नबढेर अरूलाई पनि प्रधानमन्त्रीमा अघि बढाउन सकिने अवस्थामा प्रधानमन्त्रीको संवैधानिक दायित्व थिएन भन्दै पुनः प्रश्न गरेका छन् ।

जवाफमा अधिवक्ता कोइरालाले प्रधानमन्त्रीले आफू टिमको क्याप्टेन भएकाले सुसाइड गोल गर्न पाइँदैन भन्ने मनसायका साथ अघि बढ्नु जायज भएको जवाफ दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार