काठमाडौं, असार । नेपालको राजनीतिक बृत्तमा देखापरेको संकट चुलिदै जान थालेपछि त्यसको असर भारतमा पनि देखापरेको छ । नेपालको राजनीतिक बृत्तमा बिबाद उतार चढाव आएपछि भारतमा पनि यस बिषयमा छलफल गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले आज आकष्मिक बैठक बोलाएका छन ।
प्रधानमन्त्री मोदीले बोलाएको आकष्मिक सर्बदलीय बैठकका एजेण्डा के हुन भन्ने बताइएको छैन । भारतीय जनता पार्टी उच्च स्रोतका अनुसार, छलफलको एजेण्डा नेपालकै बिषयमा रहेको जनाइएको छ ।
नेपालको राजनीतिक बृत्तमा जब जब संकट आउँछ तब भारतले पनि चासो दिने गरेको छ । यस अघिका राजनीतिक संकट र अप्ठयारो आईपर्दा सुल्झाउन सहयोगी र मध्यस्थता गर्दै आएको छ ।
हाल नेपालमा राजनीतिक संकट चुलिएको छ । नेपालका सबै खालका राजनीतिक परिबर्तनमा भारतको भूमिका रहँदै आएको छ । यस पटकको संकटमा पनि भारतको गहिरो चासो रहँदै र राख्दै आएको छ । अहिलेको संकटलाई पनि भारतले नजिकबाट नियालीरहेको र अप्ठारो अबस्था आइपर्दा मध्यस्थता गर्दे आएको छ ।
हाल नेपालमा सत्तारुढ शक्तिबाट भएको अत्याचार, कानुनी राज खिलाफ र जनतामाथि भएको अत्याचारले चरम रुप लिएका बेला यस्तो चासो बढाएको हो ।