२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा विघटन मुद्दा

संवैधानिक इजलास : "प्रधानमन्त्री ओलीका निजी वकिलको बहस शुरु"

बुधवार , आषाढ १६, २०७८

काठमाडौं, असार, । प्रतिनिधिसभा विघटन मुद्दाको प्रतिरक्षामा सरकारी वकिलका तर्फबाट बहस सकिएको छ । बुधबार महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताले बहस सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका निजी वकिलले बहस शुरु गरेका छन् ।

संवैधानिक इजलासले संसद विघटन मुद्दामा पक्ष र विपक्षबाट बहस गर्न १५/१५ घण्टा समय छुट्याइदिएको थियो । जसमध्ये रिट निवेदक पक्षले १२ घण्टा बहस गरिसकेका छन् भने ३ घण्टा प्रतिरक्षा बहसका लागि छुट्याइएको छ ।

संसद विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्न पाएको १५ घण्टा समयमध्ये महान्यायाधिवक्तासहित सरकारी वकिलले ७ घण्टा र प्रधानमन्त्रीका वकिलले ७ घण्टा समय लिने गरी समय निर्धारण भएको थियो ।  एक घण्टा भने सभामुखका वकिलले पाउनेछन् ।

महान्यायाधिवक्ता कार्यालयका तर्फबाट बुधबार सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी, लोकराज पराजुली र खेमराज ज्ञवालीले बहस गरे । प्रधानमन्त्रीको निजी वकिलको बहसको शुरुमा वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस शुरु गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार