२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध बहस

‘देउवासँग विश्वासको मत लिन सक्ने आधार थियो, राष्ट्रपतिले बदनियत राख्नुभयो’

आइतवार , आषाढ १३, २०७८

काठमाडौँ, असार । प्रतिनिधि सभा विघटनविरुद्धको रिटको सुनुवाइका क्रममा बरिष्ठ अधिवक्ता सविता भण्डारीले आइतबार बहस गरेकी छन् ।

देउवालगायतका निवेदकको तर्फबाट बहस गर्दै संवैधानिक इजलासमा उनले काँग्रेस सभापति शेरबहादुर देउवासँग विश्वासको मत लिन सक्ने आधार हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बदनियत राखेर प्रधानमन्त्रीमा नियुक्त नगरेको बताइन ।

उनलाई बहसका लागि ५ मिनेटको समय दिइएको थियो । त्यसक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले इजलासलाई जिस्काए जस्तो भएन र भनेर प्रश्न गरेका थिए ।

सो क्रममा भण्डारीले विश्वासको मत नपाएपछि ओली अब प्रधानमन्त्रीबाट संविधान अनुसार मुक्त भैसकेको बताइन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिट निवेदनसहित १४६ उपस्थित भएको हुनाले उनीसँग विश्वासको मत लिन सक्ने आधार देखिए पनि राष्ट्रपतिले देउवालाई नियुक्त नगरेर बदनियत राख्नुभएको उनको जिकिर थियो ।

उनले भनिन्, ‘७६(३) अनुसारको पिएमले विश्वासको मत नलिएपछि उहाँलाई अधिकार छैन । विश्वासको मत नपाएपछि केपी ओली अब प्रधानमन्त्रीबाट संविधान अनुसार मुक्त भैसकेको अवस्था हो ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार