२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

कांग्रेसको १४ औँ महाधिबेशन

सभापतिमा दाबी आउनथाल्यो :"कांग्रेसले कस्तो सभापति खोज्ने त ?"

काँग्रेस जस्तो लोकतान्त्रिक दलको सभापति बन्न त्यति सहज त छैन नै

बुधवार , आषाढ ९, २०७८

काठमाडौँ, असार । नेपाली कांग्रेसको महाधिवेशन मिति पटक पटक प्रभावित पछि अब नसर्ने गरी तिथी तय भएको छ ।  पार्टी सभापतिका दाबेदार ठान्ने शीर्ष नेताले नेतृत्वका लागि तयारी सुरु गरेका छन  । 
केन्द्रीय समितिको गत शुक्रबारको बैठकले कार्यतालिका संशोधन गरी भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे लगतै  नेताहरुले नेतृत्वका लागि आ आफ्ना दाबी र छलफल थालेका छन । 

deuba.jpg
यसैबीचमा सभापतिका बलिया दाबेदार सभापति शेरबहादुर देउवाले फेरि आफूलाई एकपटक  पार्टी नेतृत्व लिने तयारीमा जुटेका छन् । कोरोना  संक्रमणका बीच महाधिवेशन हुनेमा शीर्ष नेताबाटै आशंका व्यक्त भइरहे पनि सभापति देउवाले भने अब महाधिबेशन हुन्छ, सबै निश्चिन्त रहौँ भनेर सबैलाई आश्वस्त तुल्याएका छन ।
महाधिबेशन हुन्छ भन्ने छनक पनि आफैले सभापतिमा उठ्ने दाबीसहित भेटघाट थालेर सन्देश दिएका छन ।  
यसैबीच, सभापति देउवाले  आफ्ना निकट केन्द्रीय सदस्यलाई बोलाएर १४ औं महाधिवेशनमा पनि आफू नेतृत्वका लागि अघि सर्ने बताएका छन । ‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुन्छ, सभापतिमा म फेरि उम्मेदवारी दिनेछु,’ देउवाको भनाईलाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘सोही अनुसारको तयारी गर्नुहोला । ’

Krishna-Prasad-Sitaula.jpg

यसै तयारी अन्तर्गत देउवासँगै छलफलमा बसेका उपसभापति बिमलेन्द्र निधिले पनि आफू सभापतिमा उठ्ने दावासहित छलफल थालेपछि अब महाधिबेशन हुन्छ भन्ने छनक परिस्थितिले देखाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले लोकप्रिय मत पाए पनि प्रत्यक्षतर्फ धेरै स्थानमा जित्न नसकेको भन्दै देउवाले आफ्नै नेतृत्वमा कांग्रेसलाई ठूलो पार्टी बनाउने दाबी गर्दै आएका   । 

 

Bimalendra-Nidhi-1.jpg
त्यसपछि आफ्नो धारणा राखेका उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री सुनिल थापासहितका नेताले नेतृत्वमा देउवालाई सहयोग गर्ने बताउँदै अघि बढ्न सुझाएका थिए ।  केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङले देउवाको उम्मेदवारीमा विरोध नजनाएको बैठकमा सहभागी एक नेताले डेमोखबरलाई बताए । 
सोही तयारी अन्तर्गत उपभापति विमलेन्द्र निधि आफू पार्टी नेतृत्वका लागि आकांक्षा राखेको भन्दै टिमलाई मिलाएर अघि बढ्न देउवालाई सुझाएसँगै आफ्नो किसिमले छलफल थालेका छन । 

sasanka.jpg


सभापति कस्तो हुनुपर्छ ? 
कंग्रेसमा सभापति हुनसक्नु आफैमा गौरव र सफलता हो । चाहना राख्नु र आफ्नो त्यो अनुसारको क्षमता बनाउनु यी  पाटा अलग अलग छन ।  सामान्यतया सरसर्ती हेर्दा नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक दलको सभापति बन्न त्यति सहज त छैन नै । हेर्नुपर्ने पक्ष के के हुन, त्यो मेरो क्षमताले  ‘मिट’ गर्छ कि गर्दैन त्यो महत्वपूर्ण पक्ष हो ।  मतदाताले पनि त्यही हेर्छन । काँग्रेस महाधिबेशनमा मत हाल्ने प्रतिनिधि भएर आउन नै सहज छैन ।  केन्द्रियस्तरका नेता गाउँमा नै हारेका ब्यथा प्रशस्त छन । 
सामान्यतया नेपाली काँग्रेस एउटा दलमात्र होइन, यो असामान्य परिस्थिति आईपर्दा भाग्ने होइन जुध्ने, लोकतन्त्र र लोकतान्त्रिक पद्धतिको रक्षा, संबिधान र संबिधानले अँगालेका पद्धति, भावना, मर्यादाको रक्षा, जनताका भावना र आकांक्षालाई सम्मान गर्दै त्यसको रक्षा गर्नै र गर्नमा योगदान गर्नसक्ने, देशलाई स्थिरता दिने र देशलाई राष्टिय अन्तर्राष्टियस्तरका लोकतास्त्रिक ‘शक्तिसँग सम्बन्ध, डिलिङ गर्नसक्ने क्षमता राख्ने र त्यसमा पत्याउनसक्ने छबि भएको ब्यत्तित्व, अरु दलसँगको सम्बन्धलाई सहज, आफ्ना एजेण्डामा ल्याउनसक्ने र उनीहरुसँग जुध्नसक्ने, राजनीतिक,  लोकतन्त्र र लोकतान्त्रिक संबिधान संबैधानिक  रुपमा नचुकेको,  देश असहज तथा बिषम परिस्थितिमा रहँदा त्यसलाई ‘सेटल डाउन’ गर्नसक्ने र त्यस्तामा योगदान गरेको, पद र पदीय मर्यादालाई घुमिल नगराउने  र उनीहरुले पत्याउने ब्यत्ति नै  नेपाली काँग्रेसको सभापति बन्नसक्ने आधार यसअघिका निर्बाचनमा छान्दा हेरेका पक्षहरु हुन । 

सुहाउने क–कसलाई त ?
यसअघिका सभापति छानेका र छान्ने आधार हेर्दा दावी जो कोहीको  नपुग्ने देखिन्छ,  चाहना राख्ने स्वाभाविक हो तर मतदाताले हेर्दा ‘खिस्स’ नहासुन । कार्यकर्ताले पत्याउदै आएका, उपल्लो पद धारण गरेका, कांग्रेसका एजेण्डालाई देश र कार्यकर्ताबीच सहमत गराई स्थापित गराउनसक्ने, यसअघिका प्रतिष्पर्धामा खरो देखिएका, युबा परिचालन गर्नसक्ने र गर्दै आएका नै सभापतिका दाबेदार बन्नसक्ने आधार यसअघिका महाधिवेशनले देखाएका छन ।  
महाधिबेशनमा दावी  गर्नसक्ने सभापति देउवा भईसकेका ब्यत्तित्व परे भने  त्यसपछिका कृष्णप्रसाद सिटौलाले आफू दह्रिलो दाबेदार भन्ने यसअघि नै देखाइसकेका छन भने कार्यकर्ता माँझ बिश्वास  जमाइसकेका ब्यत्तित्व पनि  हुन । त्यसपछि काँग्रेसका यसअघिका अबिधेशनका आधार हेर्दा बिमलेन्द्र निधि र डा. सशाङक कोइराला चाहिँ दावी गर्नसक्ने र सुहाउने ब्यत्तित्वका रुपमा कांग्रेस माँझ  देखिन्छन ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार