२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संबिधानको रक्षक

संबिधानबिद् भन्छन :  “राष्ट्रपति संबिधान रक्षाभन्दा ओलीको सत्ता टिकाउने ‘टुल्स’ बन्नुभयो”

आइतवार , आषाढ ६, २०७८


काठमाडा,ैँ असार ।  प्रधानमन्त्रीको हैकमबादी प्रबृति र राष्ट्रपति प्रधानमन्त्रीको सत्ता टिकाउने ‘टुल्स’ जस्तो रहेको प्रबृति र ब्यबहार देखिएपछि  यतिखेर राष्ट्रपतिको पदीय गरिमामा आँच आएको बिश्लेषण गर्न थालिएको छ । संबिधानको रक्षक राष्ट्रपति भनेर परिकल्पना गरिएको गरिमामय पदको यसरी अपमान भएपछि संबिधानको रक्षा त परैजाओस देश र जनताको आस्थाको धरोहर  ‘राष्ट्रपति  पद र संस्था’ संस्था नै अहिले बिबादमा तानिएको छ । 
संबिधानबिद् भन्छन, संबिधानको ब्याख्या अदालत र न्याय क्षेत्रका बिज्ञबाट  हुने हो, राष्ट्रपति र  प्रधानमन्त्रीले त त्यहाँ ब्यवस्था भएका धाराको प्रयोग गरेर राज्य सञ्चालन गर्ने हो । 
तर, यहाँ त प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिले त संबैधानिक ब्यवस्थाभन्दा     सर्वोच्च अदालतलाई पो अदालतले यो गर्न मिल्छ, त्यो गर्न मिल्दैन भनेर अनुकल ब्याख्या गरेर पाठ सिकाउन खोज्नुलाई  संबिधान तथा कानुनविद् नै अचम्मित र अस्वाभाविक बिश्लेषण मानेका छन । 
कानुनविद्ले भनेका छन, राष्ट्रपति संबिधानको रक्षाभन्दा प्रधानमन्त्री ओलीको सत्ता थामिदिने ‘टुल्स’ बनेर सरकारको बचाउको रुपमा प्रस्तुत हुनुले ‘संबिधानको रक्षकभन्दा भक्षक’ बनेको बिश्लेषण गरिएको छ ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त नगर्नुको कारणसहितको लिखित जवाफ सर्वोच्च अदालतलाई पठाएको पत्र सरसर्ती अध्ययन तथा बिश्लेषण गर्दा जो कोहीले भन्नसक्छ कि यहाँनेर यसरी गलत ब्याख्या र पक्षपाती ब्यबहार भएको छ भन्ने ।  
सरकारले गर्ने ठूला ठूला र  संबिधान र राष्टकै प्रतिष्ठासँग गाँसिएका बिषयमा भए गरेका निर्णयमा पनि बिना परामर्श क्षणभरमै स्वीकृति दिने र सरकार टिकाउने बिषयमा  पनि निरन्तर क्रियाशिल रही छलफल गर्ने, लबिङ  गर्ने प्रत्यक्ष परिचालित हुने बिषय एकातिर छ भने  अर्कोतिर अन्यदलका नेतामाथि बिरोधासपूर्ण बक्तब्य जारी गर्ने, बोल्ने कार्य त्यो पदीय आचारण र मर्यादाभित्र नपर्ने संबिधानको भावना र मान्यता हो । बर्तमान राष्ट्रपतिबाट त्यो मर्यादा नरहेको  बिश्लेषण छ । 
बिश्लेषक भन्छन, राष्ट्रपतिले संबिधानको धारा हेर्ने हो, अदालती किसिमको ब्याख्या गर्ने होइन । तर राष्ट्रपतिका निर्णय अनुकुल ब्याख्या हुने गरेकाले पदीय मर्यादा राखिएन भन्ने चासो बढेको हो । त्यसले देश र जनतालाई राम्रो नगर्ने ठम्याई छ । 

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार