२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सरकारको निर्णय तत्काल कार्यान्वयन नगर

सर्वोच्च अदालतको अन्तरिम आदेश - : 'गिट्टी बालुवा तत्काल निकासी नगर्नु'

शुक्रवार , आषाढ ४, २०७८

काठमाडौँ, असार । सर्वोच्च अदालतले गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको संयोजकत्वको संवैधानिक इजलासले सुनुवाइ गर्दै गिट्टी बालुवा निकासी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।

संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ थिए । इजलासले सरकारलाई गिट्टी बालुवा निकासी गर्ने विषयमा कारण देखाऊ आदेशसमेत जारी गरेको छ ।

सरकारका अर्थमन्त्री विषाणुप्रसाद पौडेलले गत १५ जेठमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा गिट्टी बालुवा निकासी खुल्ला गर्ने घोषणा गरेका थिए । बजेटको बुँदा नम्बर १९९ मा सो विषय उल्लेख थियो ।

गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णयविरुद्ध अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर, रामबहादुर शाही, डा. पुण्यप्रसाद खतिवडा, दिनेश त्रिपाठी, हरिराम लवजु, विक्रम नगरकोटी र नेपालका लागि नेपाली पार्टीलगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार