२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संवैधानिक इजलास पुनर्गठन हुने : वरिष्ठताका आधारमा न्यायाधीश चयन

मंगलवार , जेठ १८, २०७८

काठमाडाैँ, जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमत भएका छन् । सर्वोच्च अदालत बारका प्रतिनिधिहरुसँग मंगलबार मध्यान्हपछि सम्पन्न सहमतिपछि प्रधानन्यायाधीश जबरा वरिष्ठताका आधारमा इजलास गठन गर्न सहमत भएका हुन् ।

यो सहमतिसँगै संवैधानिक इजलास पुनर्गठन हुने भएको छ । संवैधानिक इजलास पुनर्गठनको मागसहित सर्वोच्च बारका अध्यक्ष पूणर्मान शाक्यसहितका पदाधिकारीहरुले प्रधानन्यायाधीश जबरासँग छलफल गरेका थिए ।

सो क्रममा संवैधानिक इजलास सम्बन्धी नियममै परिवर्तन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत भएका हुन् ।

सहमतिअनुसार एक साताभित्रै संशोधन प्रस्ताव ल्याउने र त्यसपछि मात्र संवैधानिक विवाद अगाडि बढाइने सर्वोच्च बारका अध्यक्ष शाक्यले जानकारी दिएका हुन् ।

संसद विघटन विरुद्धका मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश जबराले पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका थिए ।

इजलास गठन गर्दा एमाले र माओवादी केन्द्र बीचको एकतापछि बनेको नेकपाको एकता रद्द गर्न आदेश दिएका बमकुमार श्रेष्ठ र सो आदेश पुनरावलोकन नहुने फैसला गरेका तेजबहादुर केसीलाईसमेत राखिएको भन्दै बहसमा सहभागी अधिवक्ताहरुले विरोध गर्दै आइरहेका थिए ।

सो विषयमा सोमबार दिनभर न्यायाधीशहरु छलफलमा बसे पनि कुनै सहमति भने भएको थिएन । न्यायाधीशद्धय श्रेष्ठ र केसीले भने आफूहरुले पक्षका अधिवक्ताहरुले भन्दैमा नहट्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार