२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेकपा एमाले : ओलीमाथि टिप्पणी

नेता तथा कार्यकर्ता भन्छन : “आफ्ना लागि दल र दलका नेता सक्दै”

पार्टी निर्माणमा लामो समय र जीवन त्यागेका नेता  माधवकुमार नेपाललाई आफ्नै सहकर्मीले दलबाट हटाए

मंगलवार , जेठ ११, २०७८

काठमाडौ, जेठ। कम्युनिष्ट पार्टी निर्माणमा लामो समय र जीवन त्यागेका नेता  माधवकुमार नेपाललाई आफ्नै सहकर्मीले दलबाट हटाएका छन । खटाई, गराई र लगाईको हिसाबले आफूभन्दा पनि जुनियर रहेका दलका सदस्य ओलीले निलम्बन गर्दाको अवस्था  सँम्झिदा एमालेका नेताहरुको ब्याख्या गराई छ, ‘राजनीति भन्ने घिनलाग्दो खेल नै रहेछ’, भन्ने त्यही साबित गराए ओलीले । त्यसमाथि पनि नीति, बिधि, नियम कानून तथा संबिधान नै नमान्ने, पद र पैशाको बलमा काम गर्ने, सत्ताको दुरुपयोग गरी सबैलाई सकेर आफू ‘राम्रो’ को नाटक गरेर ओलीकै शब्दमा भन्ने हो भने ‘जग हँसाउने’ काम भयो । ’
ओलीले जसले दल बनाएर त्यहाँ यो अवस्थामा ल्याइपु¥याउन भूमिका निर्बाहा गर्यो त्यहीमाथि ‘गिँड’ खेल्ने, अनि ‘माने मान नमाने नि मै तेरा मेहमान’ भन्ने युक्ति जस्तो जे भने या गरे नि चुप लागेर सहनुपर्ने जस्तो बाटो अवलम्बन गरेका ओली यो राजनीतिक क्षेत्रका कुन तह र बर्गका तानाशाहा हुन ठम्याउन नै गाह्रो परेको दलभित्र नै चर्चा चल्न थालेको स्रोतले बतायो । 
सत्तामा छिर्दै अबैद्य बाटो अपनाएका ओलीले पदभार ग्रहण गर्दादेखि नै आफुना प्रतिष्पर्धीलाई सिध्याउन मात्रै आफ्नो समय, शक्ति र सत्ताको प्रयोग गरेका ओलीले आफूबाहेका अरु पनि पनि दलमा छन भन्ने कहिल्यै नसोचेको र नदेखेको ब्यवहार प्रदर्शन गरेका ओलीले अहिले सत्ताको दुरुपयोग गरेर कसमाथि के र कस्तो खेल खेल्छन भन्ने सँधै कोहोलो मात्रै मच्चाए । 
अहिलेका घट्नाक्रम हेर्दा आफू सत्तामा टिकिरहन र दलभित्रका सबै प्रतिस्पर्धी सकेर सत्ता  तथा दलभित्र एकछत्र शासन गर्ने सोचमा मात्रै उनले खेल खेलेको र त्यसका लागि संबिधान, नियम, कानून मिचेको, संबैधानिक निकायमाथि सँधै धम्की दिएर दिएर अनुकूल निर्णय र ब्यवहार गर्न मात्र प्रेरित गर्ने, धम्काउने, तर्साउने, झुटा लान्छनाका धम्की दिने, प्रतिष्पर्धीका कमी कमजोरी खोजेर तर्साइ नै रहने जस्ता कार्य गर्ने मात्र देखिएको दलभित्रका आफ्नै समूहकाले नै अनुभूति गरेको स्रोतको भनाई छ । 

उनीहरु भन्छन, ओलीले जसोतसो गरेर सत्ता ५ बर्ष त पु¥याउँलान तर पछिल्लो ‘जेनरेशन’    ले अब के भनेर जनतामा जाने, दलभित्रका ठूला नेता सकेपछि मतदाताले कसरी पत्याउने, दल जत्रो भएपनि त्यसभित्रका पद त होलान तर संसदमा त जनताबाट चुनिएर नै आउनुपर्छ, केही ठाउँमा त ल सत्ताको दुरुपयोग गरेर धाँदली पनि गर्लान रे केहीका लागि र जित्लान पनि तर अरु त जितेर नै आउनुपर्छ, सबैमा धाँदली नि गर्न सकिन्न । 
दलभित्रका इमान्दार नेता तथा कार्यकर्ताको भोगाई हेर्दा र बुझ्दा र आँकलन गर्दा ओली त जसोतसो हाबी होलान तर अरुको के गति होला ? अहिलेका यी सबै घट्ना र ब्यबहार हेर्दा ओलीको ब्यवहारले सबै सक्ने, आफू चाहिँ हालीमुहाली गर्ने र त्यही बाटो बनाउन लागे ओलीले भन्ने निष्कर्ष नेकपा बृत्तमा चलेको छ । 

डेमाेखबरकाे  पुन प्रशारण

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार