२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राजनीतिक बिश्लेषण : ओली – महन्थ र महतो

नाकाबन्दीका नाइके एक ठाउँ : “जनताकाे विश्वास र राजनीतिले के पायो त ?”  

बिश्लेषक भन्छन : ‘आखिर नाटक के रहेछ त ? बुझौ’

आइतवार , जेठ ९, २०७८


काठमाडौँ, जेठ । कुरा ५ बर्षअघिको हो । सम्झँदा नि कहाली लाग्दो नै । २०७२ सालको महा भूकम्पको पीडाले नेपाली जनता थलिएका थिए । कतिपय घरबारबिहीन भएर सडक र खुला चौरमा आकशमुनि लामो समय नै रात बिताउनु परेका नेपाली जनताका निम्ति ती दिनहरुमा बिचल्नी थामीनसक्नु नै थियो । 
अब सम्झौ हामी । त्यही पीडाले थलिएका नेपाली माथि लादिएको थियो नाकाबन्दीको पिरलो । सिंहदरबारमा बसेर कुर्लिन्थे तत्कालीन प्रधानमन्त्री के पी शर्मा ओली । भन्सार नाका बन्द गर्दै थिए – राजेन्द्र महतो र महन्थ ठाकुर जस्ता कथित देशभक्त नेताहरु ! 
आखिर त्यस घट्नाको पीडको मारमा थिए – “ निरिह नेपाली जनता” । प्रधानमन्त्री ओली भन्थे – “म घँुडा टेक्दिँन” । नेपाली जनताले पनि त्यही हो भने हाम्रो साथ छ, दुःख ब्यहोर्छौ नै ।  आखिर ब्यहोरेका नै हुन पनि । 
अब यो प्रसंग अहिले यहाँ किन र कसरी आयो त ? त्यति बेलाका ती दुई ध्रुबका भनिने नाइके अहिले एक ठाउँ छन । ल मानौ– राजनीतिमा कोही कहिले कता कहिले कता हुन्छ । त्यसो भए यहाँनेर भन्नसकिने एउटा पक्ष के छ भने,  तत्कालीन त्यो नाकाबन्दी र अहिले प्रधानमन्त्री ओलीले गरेका असंबैध मतियारमा पनि ओली नै त रहेछन नि त भन्न हिचकिचाउनु पर्ने बेला रहेन । र अहिले तिनैको साथ लिएर राज्य चलाउँछु भनेर ।
बिश्लेषक भन्छन – संबिधानको रक्षा गर्ने जिम्मा लिएका प्रधानमन्त्री ओली एकातिर आफै संबिधान सुलीमा पु¥याएका छन । अर्कातिर एउटा जनताबाट निर्बाचित जनप्रतिनिधिको नेतृत्व  लिएका ओलीले संसदप्रति निभाउनुपर्ने पर्ने भूमिका न निभाएका छन । अनि कसरी राजनीतिक तहले कसरी पत्याउने कि यिनी देश र जनताका नाममा काम गर्दैछन भनेर । 
राजनीति गर्ने र राजनीतिक तहका ब्यत्ति स्वयम्ले बिश्लेषण गर्ने क्षमता राख्छन भने यी सबै तह र तप्काका घट्ना केलाउनुपर्ने दिन आएको छ । भने अर्कातिर देश र जनता भन्ने काम कस्ता र कसरी र कस्का लागि गर्दा रहेछन भन्ने यस्ता परिघट्नाले प्रमाणित गर्दछ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार