images
Logo

बुधबार, मंसिर १४ २०७९Nov 30 2022

images
प्रतिनिधि / प्रदेशसभा निर्बाचन  - २०७९

कांग्रेस नेता शशाङ्क कोइरालाले भने : " निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्छु " 

कांग्रेस नेता शशाङ्क कोइरालाले भने : " निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्छु " 

बिहीबार , मंसिर ८ २०७९

  • 261
    SHARES

  • कांग्रेस नेता शशाङ्क कोइरालाले भने  : " निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्छु " 


    काठमाडौँ, मंसिर । नवलपरासी बर्दघाट सुस्तापूर्व–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले आफूले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गरी छाड्ने बताएका छन ।  विजयी घोषणापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै कोइरालाले अबको पाँच वर्षमा ठूला आयोजना पूरा गर्ने बताए । 
    जिल्लामा राष्ट्रियस्तरको ट्रमा सेन्टर र अन्तर्राष्ट्रिय खेलमैदान बनाई छाड्ने उनको दाबी छ । “चारपटक जनताले यही ठाउँबाट जिताएर पठाउनुभएको छ ,पक्कै मेरो काम मन पराउनु भएको होला”, उनले भने, “अब पनि जनताका बीचमा नै रहेर बाँकी काम गर्छु ।”
    साथै कोइरालाले यो पटक प्रधानमन्त्रीमा आफ्नो पनि दाबी रहने बताए ।  “प्रधानमन्त्रीमा फेरि शेरबहादुर देउवादेखि गगनजीको पनि दाबी छ, मेरो पनि रहन्छ”, उनले भने, “यो गठबन्धन पाँच वर्षसम्म रहन्छ, हामी मिलेर काम गर्छौं ।”
    युवालाई अघि बढाउनुको विकल्प नरहेको उनले बताए ।  “देशभर यस पटकको निर्वाचनले युवालाई अघि बढाऊँ भन्ने सन्देश दिएको छ”, उनले भने, “त्यसलाई आत्मसात् गर्नुपर्ने अवस्था छ ।” 

    बिहीबार , मंसिर ८ २०७९०७:३२:५३

    डेमो खबर डेस्क

    सम्बन्धित समाचार